• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

माथि झोलुङ्गे पुल, तल ५० लाखको ‘पुन्टे पुल’

ठोरी – सामाजिक सञ्जालमा अहिले एउटा तस्विर भाईरल भइरहेको छ । भाईरल भइरहेको उक्त तस्विर पर्साको ठोरी गाउँपालिका हो।

ठोरी गाउँपालिका ५ स्थित बाघमोर्चा खोलामा बनाईएको उक्त पुलको तस्विरमाथि सामाजिक सञ्जामा व्यङ्ग्य पनि भइरहेको छ । बाघमोर्चा बजार र बाघमोर्चा माईको मन्दिर जोड्ने झोलुङ्गे पुल तल पक्की पुल बनाईएको छ ।

जुन पुल यस अघिको स्थानीय सरकारको पालोमा बनेको हो । निवर्तमान गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठको पालामा बाघमोर्चा बजारबाट बाघमोर्चा माईको मन्दिर जोड्ने झोलुङ्गे पुलको तलको ५० लाखको लागतमा उक्त पुल निर्माण भएको हो । जुन पुल १६ मिटर लामो छ ।

पक्की पुलमाथि झोलुङ्गे पुल एक सय ७ मिटरको छ । खोलाको चौडाई मात्रै पनि ४० देखि ४५ मिटर छ । तर पुलको लम्बाई भने जम्मा १६ मिटर । पुलले न बाघमोर्चा बजारलाई छुन्छ न त बाघमोर्चा मन्दिर पट्टीको भागलाई नै । बर्खाको समयमा दुई गाउँलाई जोड्न भनेर बनाइएको पुलले दुबै गाउँको कुनै पनि भागलाई छुदैन ।

स्थानीय सरकारकै बजेटमा गत वैशाखमा सम्पन्न स्थानीय तह चुनाव नजिकैँदै गर्दा निर्माण भएको उक्त पुल प्रयोगविहिन छ । उक्त पुलको बिषयमा निवर्तमान गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ र वर्तमान प्रमुख लालबहादुर श्रेष्ठ फरक फरक प्रतिक्रिया दिन्छन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठ उक्त पुल सञ्चालन गर्न लायककै नरहेको बताउँछन् । निर्वतमान अध्यक्षले चुनावलाई लक्षित गरेर उक्त पुल बनाएको तर्फ उनी संकेत गर्छन् । निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका हुन् भने हालका अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

पुल प्रयोग गर्न लायक नै नभएको चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट नछुट्टाएको भनिएको छ । माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षको कार्यकालमा निर्माण सुरु भएकै कारण एमालेबाट निर्वाचित अहिलेका अध्यक्षले बजेट नपारेको भन्ने पनि गाँईगुँई सुनिन्छ ।

पुलको दुबै तर्फ माटो भर्न बाँकी रहेको भनिएको छ । तर गाउँपालिका अध्यक्ष श्रेष्ठ प्रयोगमा आउन लायक नै नरहेको पुलमा माटो भर्न पनि सम्भव नरहेको दाबी गर्छन् । ‘त्यो म भन्दा अगाडिको अध्यक्षको पालोमा बनेको हो । त्यो चुनावको बेला बनेको हो । चालु पनि छैन । चल्ने अवस्थामा पनि छैन । चुनावको बेलाले साथीले के के गरे’, उनले भने ।

उनले अघि भने, ‘झलुङ्गे पुल छ गाडीहरु जान गाह्रो भयो भनेर बनाएको रे । मैले पछि इन्जिनियरहरुसँग बुझ्दा त्यो त्यती लायक होला जस्तो छैन भने । मैले नि यसपाली बजेट हालिन । वार्डमा दिए ८० लाख । वार्डले माटो भर्ने भनिरहेको छ । त्यो सम्भव नै छैन ।’

निवर्तमान अध्यक्ष श्रेष्ठ आफ्नो पालोमा पुल निर्माण भएकै कारण अहिले गाउँपालिकाले बजेट नदिएकोक आरोप लगाउँछन् । ‘पिएलको पालोमा बनेकोलाई किन बनाउने भनेर गाउँपालिकाले यसपाली बजेट हालेन’, उनी भन्छन् । बर्खायाममा एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सहज होस् भनेर पुल बनाईएको उनको भनाइ छ ।

खोलामा उक्त १६ मिटरको पुल भए पर्याप्त हुने उनी बताउँछन् । त्यतीको चौडाई भएको खोलामा १६ मिटरको पुलले हुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्,’भन्नेले जे पनि भन्छन् त्यतीले पुग्छ । अरु ठाउँमा १० मिटरको त छ । यस्तो पुल ६० वटा बनाएका छौं ।’उनी उक्त पुल चुनाव लक्षित गरेर गरिएको अस्वीकार गर्छन् । गत स्थानीय तह चुनाव भन्दा करिब पाँच महिना अघि नै पुल निर्माण गरिएको उनी बताउँछन् ।

तर ठोरी ५ का वडाध्यक्ष भने खोलामा कम्तीमा ४५ मिटर लामो पुल चाहिने बताउँछन् । खोलाको लम्बाई ४०-४५ मिटर मिटर भएकोले सोही अनुसारको पुल निर्माण हुनुपर्ने उनी बताउँछन् । ‘खोलाको चौडाई ४०-४५ मिटरको छ । पुल पनि ४०-४५ मिटरकै चाहिन्छ’, उनी भन्छन् । उनी पनि माओवादी केन्द्रबाट नै निर्वाचित भएका हुन् ।

खोलामा वर्खामा पानी ठूलै आउने उनी बताउँछन् । उनका अनुसार पटक गाउँपालिकाले बजेट नछुट्टाएकोले वडाले माटो भर्नका लागि १३ लाख छुट्टाएको छ । दुई फरक पार्टीबाट गाउँपालिका अध्यक्ष बनेकाहरुको टकरावले न उक्तको लम्बाई बढ्ने देखिन्छ न त बर्खामा प्रयोग गर्न मिल्ने गरी सञ्चालन गर्न नै ।

source a2zsamachar.com

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.