• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नयाँ व्यवस्थापनसहित ओली एण्ड एसोसिएटको लायन्सचोकमा सेवा सुरु

चितवन – शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसिएट चितवनले नयाँ व्यवस्थापन र नयाँ स्थानबाट सेवा सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा नयाँ कार्यालय स्थापना गरेर ओली एण्ड एसोसिएटले आज (बिहीबार) देखि नयाँ व्यवस्थापनसहित सेवा सुरु गरेको हो ।

नयाँ कार्यालयको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष बिकास थापाले उद्घाटन गरे । थापाले नयाँ व्यवस्थापन र स्थानबाट सेवा सुरु गरेको ओली एण्ड एसोसिएटको सफलताको कामना गरे ।

विद्यार्थीहरुलाई अध्ययनका लागै अष्ट्रेलियालगायतका देशमा पठाउनुका साथै अध्ययन पश्चात नेपालमै फर्किने वातावरण सृजना गर्न पनि उनले आग्रह गरे । विदेशमा सिप र ज्ञान आर्जन गरेर युवाहरु नेपालमै फर्किनु पर्ने उनको भनाइ थियो ।

ओली एण्ड एसोसिएटका भिसा विभागका व्यवस्थापक विजयबाबु पन्तले उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउने मात्र नभई नेपाल फर्किने वातावरण पनि सृजना गर्ने बताए । चितवन शाखाको नेतृत्व गरेका युवाहरुले लामो समयको अष्ट्रेलिया बसाईका क्रममा सिकेका सिप, ज्ञान र अनुभवले विद्यार्थीहरुलाई सही र विश्वसनिय परामर्श दिन मद्त मिल्ने उनले विश्वास व्यक्त गरे ।

ओली एण्ड एसोसिएट चितवनका प्रवन्ध निर्देशक कमल रिजालले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिनका लागि नयाँ स्थान र नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको बताए । उनले आफुहरु विद्यार्थी भिसामा नै अष्ट्रेलिया गई लामो समय सिप, ज्ञान र अनुभव बटुलेर नेपाल फर्किएको बताए । विदेशमा नेपाली विद्यार्थीको अनुभव प्राप्त गरेकोले अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई कुनै समस्या नहुने गरी परामर्श दिईने उनको भनाइ थियो ।

अष्ट्रेलियासँगै क्यानडा, युके र न्युजिल्याण्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै दक्ष तथा अनुभवी शिक्षकबाट कक्षा सञ्चालन गरिने सञ्चालक मिलन पाठकले बताए । यस्तै हालै मात्र अमेरिका जान चाहने विद्यार्थीहरुलाई पनि परामर्श सेवा दिन सुरु गरिएको उनले बताए ।

सन् २००२ मा स्थापित ओली एण्ड एसोसिएट नेपाल र अष्ट्रेलियामा कार्यालय स्थापना गरेर परामर्श दिने नेपालको पहिलो संस्था हो । नेपालको काठमाडौंमा मुख्य कार्यालय रहेको यसको देशभर १० शाखा कार्यालयहरु छन् । यस्तै अष्ट्रेलियाको सिड्नीमा पनि मुख्य कार्यालय तथा अन्य सहरहरुमा शाखा कार्यालय रहेका छन् ।

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.