• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

चितवनमै गोरखाको झल्को दिने मनकामना मन्दिर, करोडौँ खर्चिएर बनाइँदै – मुक्तिनाथको झल्को दिने १०८ धारा निर्माण


भरतपुर । गोरखाको मनकामना मन्दिरलाई हिन्दु धर्मावलम्बीहरुका लागि धार्मिक आस्थाको मुख्य केन्द्र मानिन्छ । अन्य धर्म मान्नेहरु भने घुम्नकै लागि पनि मनकामना पुग्ने गर्छन् । धार्मिक आस्थाको ऐतिहासिक धरोहर भएकै कारण धेरैजसो दर्शन गर्नकै लागि मनकामना पुग्छन् ।

तर, हाल मनकामना मन्दिर जान चाहेर पनि जान नसकेकाहरुका लागि भने चितवनमै पनि मनकामना मन्दिर बनेको छ । भरतपुर महानगरपालिकाको वडा नं–१७, लंगौटामा करिब तीन करोड रूपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण भइरहेको छ ।

नारायणगढ निवासी राजेश खयरगोली र उनको परिवारले मन्दिर निर्माण गरिदिएका हुन् । करिब चार कट्ठा जमिनमा निर्मित मन्दिरको निर्माण कार्य जारी रहे पनि समुदायलाई हस्तान्तरण भइसकेको छ । तर, स्थानीयको माग र चाहनाअनुसार मनकामनाको आडैमा शिव मन्दिरसमेत निर्माण गरिएको छ ।

‘मनकामनामाईसँगै शिव, गौतमबुद्ध, हनुमानलगायतका भगवान्को दर्शन र पूजा एकै ठाउँमा गर्न पाइयोस् भन्ने उद्देश्यले धेरै थरी मन्दिर एकै ठाउँमा निर्माण गरेका हौँ’, मन्दिर निर्माण समितिका अध्यक्ष एवं संस्थापक खयरगोली भन्छन्, ‘बलि चढ्ने र नचढ्ने देवतालाई छुट्टाछुट्टै ठाउँ बनाएर राखेका छौँ ।’

मनकामना मन्दिरलाई एक ठाउँमा र शिव, हनुमान, बुद्ध, गणेश मन्दिर बूढानीलकण्ठलगायतका मन्दिर अर्को कम्पाउन्डमा निर्मित छ । सोही कम्पाउन्डभित्र मुक्तिनाथको झल्को दिने गरी १०८ धारा राखिएका छन् । बीचमा कुण्ड बनाएर वरिपरि १००८ शालिग्राम राखिएको छ भने १०८ शिवलिङ्गसमेत निर्माण गरिएको छ ।

‘मनकामना गए मनकामनाको मात्रै दर्शन हुने, बूढानीलकण्ठ गए बूढानीलकण्ठको मात्रै दर्शन हुनेलगायतका विषयलाई ध्यान दिएर सबै भगवान्को पूजा एकै ठाउँमा गर्न मिल्ने गरी संरचना निर्माण गरिएको उनले बताए ।

बुबाको चाहनाअनुसार आफ्नै जग्गामा मन्दिर निर्माण गरिएको उनले बताए । मनकामनाबाहेक अन्य मन्दिर र संरचना निर्माणमा भने स्थानीयस्तरबाट समेत सहयोग जुटाएर निर्माण गरिएको उनले बताए ।

‘मनकामना मन्दिरको खर्चमा हामीले नित्तान्त निजी लगानी गरेका छौँ, त्यसैले त्यसको कुनै हिसाब छैन’, उनले भने, ‘बाँकी अन्य संरचनामा भने स्थानीय सरकार, प्रदेश सरकार र जनस्तरबाट संकलित रकम पनि परेको छ ।’

हालसम्म मनकामनाबाहेकका संरचनामा मात्रै करिब डेढ करोड रूपैयाँ खर्च भइसकेको उनले बताए । ‘यसलाई पूरा गर्न अझै पनि एक करोड रूपैयाँभन्दा बढी रकम खर्च हुन्छ होला’, उनले भने, ‘अहिले सबैतिर आर्थिक मन्दी लागेको हुँदा सहयोग जुटाउनै मुस्किल परिरहेको छ ।’

बीचको दुई वर्ष कोभिडका कारण समस्यामा परेको उनले बताए । मन्दिरका लागि आवश्यक सबै निर्माण सामग्री काठमाडौँ, भक्तपुर, पाटनलगायतका क्षेत्रबाट ल्याइएको उनको भनाइ छ । विगत सात वर्षदेखि मन्दिर निर्माण जारी छ ।

निर्माण सम्पन्न नभए पनि पूजाआजाका लागि भने खुला गरिसकेको अध्यक्ष खयरगोलीले जानकारी दिए । भरतपुरको चौबीसकोठीबाट १७ र नारायणगढको पुलचोकबाट जम्मा १३ किलोमिटरको दूरीमा पर्ने उनले बताए ।

मन्दिरमा दर्शन गर्नका लागि चितवनसहित छिमेकी जिल्लाहरुबाट भक्तजन आउने गरेको मन्दिरका पूजारी वीरबहादुर आलेमगरले जानकारी दिए । ‘मन्दिर निर्माण कार्य भइरहेको छ, निर्माण पनि सकिएको छैन । त्यसैले यसको प्रचारप्रसार गर्न पाएका छैनौँ’, उनले भने, ‘निर्माण सकिएपछि प्रचारप्रसार गर्न सके यहाँ पनि भीड लाग्न सक्छ ।’

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.