• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

कोभिड नेपाल: कोरोना भाइरसका कारण १७ दिनमा १६ जनाको मृत्यु, को छ बढी जोखिममा


नेपालमा कोभिड महामारीको चौथो लहर आएको हो वा होइन भन्ने विषयबारे चर्चा चल्दै गर्दा विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ।

पूर्ण मात्रा खोप लगाएका मानिसको सङ्ख्या तुलनात्मक राम्रो भएको नेपालमा पछिल्लो समय कोभिडबाट गम्भीर बिरामी वा मृत्यु हुने जोखिम कसमा बढी देखियो भन्ने चिन्तायुक्त चासो पाइन्छ।

को छन् बढी जोखिममा?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ।

साउन १ गते १८ जना सघन उपचार कक्ष (आईसीयू)मा र एक जना भेन्टिलेटरमा रहेकामा १७ गते आईसीयूमा उपचाररत बिरामीको सङ्ख्या दोबर भइसकेको छ भने भेन्टिलेटरमा पाँच जना छन्।

नेपालमा कुल जनसङ्ख्यामध्ये कोभिडको पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ७० प्रतिशतभन्दा धेरै पुगिसकेको छ।

सोह्र वर्षमाथि उमेर समूहको मात्र हेर्ने हो भने त यो प्रतिशत झन्डै ९० पुगिसकेको छ।

खोपमा राम्रो प्रगति हुँदाहुँदै कोभिडले ज्यान लिइरहँदा पछिल्ला दिनमा गम्भीर सङ्क्रमणमा पर्ने मानिसमध्ये धेरैजसो खोप नलगाइसकेका वा अपूर्ण मात्रा लगाएका वा बढी उमेर र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मृतकमध्ये ३/४ जनाबाहेक अन्यले खोप नलगाएको पाइएको छ। खोप लगाएकामा ज्येष्ठ नागरिकलाई बढी समस्या छ भने खोप नलगाएकामा अन्यलाई पनि गम्भीर असर परेको पाइएको छ,” मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

कोभिड महामारी सुरु भएको साढे दुई वर्षमा नेपालमा ११,९६८ को ज्यान गइसकेको मन्त्रालयको तत्याङ्कले देखाउँछ। अर्थात् कोभिडका कारण हुने मृत्यु दर १.२% रहेको पाइएको छ।

के यो चौथो लहर हो?
केही सातायता लगातार बढेर १०० भन्दा तल ओर्लिसकेको कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ५,००० को हाराहारी पुगेको छ।

तीमध्ये अधिकांश सङ्क्रमित काठमाण्डू उपत्यकामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिलाई सरकारले नयाँ लहर भनिसकेको छैन। तथापि कतिपय जनस्वास्थ्यविद्हरूले भने यसलाई अर्को लहर भन्न थालिसकेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी अब चौथो लहर आइसकेको ठान्छन्।

कोभिड खोप लगाउँदै
“अब सरकारले मानिसहरूलाई चौथो लहर आइसकेको हुनाले सावधान हुन सूचित गर्नुपर्छ। खोप नलगाएकाहरूलाई खोप लगाउन प्रोत्साहित गर्नुपर्छ भने मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गर्न पनि घच्घच्याउनुपर्छ,” उनले भने।

अहिले खासगरी कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टकै अझ सङ्क्रामक प्रकारहरूका कारण नेपालसहित धेरै देशमा सङ्क्रमण बढिरहेको ठानिएको छ।

छिमेकी भारतमा पनि विगत केही सातासम्म सङ्क्रमणको गति तीव्र देखिएको थियो।

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.