• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो…


काठमाडौं

काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा सोमबार भएको बीभत्स घटना हत्यापछिको आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेश पाण्डेले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् ।

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा दिनेशले पत्नी सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको आरोप लगाएका छन् । ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि उनी स्वदेश फर्केका थिए ।

खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको, तर श्रीमती र ससुराली पक्षले सम्पत्ति हडप्न विभिन्न आरोप लगाउने गरेको उनले सुसाइड नोटमा लेखेका छन् । सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।

पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बीचमा झगडा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ०७७ माघमा सुनिताले दिनेशविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् ।

दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर ‘सुनिताले उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

प्रहरीक अनुसार दिनेशले आफ्ना कलिला दुई सन्तानको हत्याबारे लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ पारिवारिक कलहकै कारण दिनेशले हत्या र आत्महत्याको बाटो रोजेको प्रहरीको निष्कर्ष छ ।

प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन्, ‘तिमीले पनि मलाई कहिल्यै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो । तिमीले कहिल्यै मलाई बुझेनौं ।’

उनले आफूले ‘जे भयो-भयो’ भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन् । उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

उनका अनुसार दिनेशले श्रीमती सुनितासँग सम्बन्धका विषयमा स-साना विषय पनि उल्लेख गरेका छन् । विगतमा साउदीमा कार्यरत रहँदा बिदामा नेपाल आएका बेला पनि श्रीमती सुनिता कहिल्यै खुसी नभएको भन्दै उनले गुनासो गरेका छन् ।

‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, १५ दिनजति त फकाउँदा फकाउँदै जान्थ्यो’ नोटमा भनिएको छ, ‘तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौं ।’उनले नोटको दुई पानामा दाइको नाममा लेखेका छन् ।

त्यसमा उनले विभिन्न व्यक्तिसँग तिर्नुपर्ने ऋणको विवरण पनि उल्लेख गरेको स्रोत बताउँछ । एक सहकारीको नाम उल्लेख गर्दै उनले त्यहाँ भएका पैसा निकालिदिएर केही व्यक्तिलाई ऋण चुक्ता गरिदिन पनि भनेका छन् । उनले दाइलाई ‘घरको स्थिति थाहा छँदैछ, त्यसैले बिदा लिँदैछु’ समेत भनेका छन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले सोमबार राति लामो समयपछि उकुसमुकुस मनोभावहरु पत्रमा पोखेका थिए ।’ सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिने उनी बताउँछन् ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.