चितवन – चितवनको राप्तिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।
भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा बाट जाँदै गरेको बागमती प्रदेश ०३-००३प१२०९ नं.को स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी घर भएकी २४ बर्षिय रमिता तामाङ कुवरको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते तामाङको उपचारको क्रममा ३:५० मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि स्कुटर चालक उनको श्रीमान बर्ष २८ को सुशील कुवर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । दुर्घटनापछि स्थानीयले पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।