• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

चितवन घटना: ससुराबाट ब’लात्कृतः न्याय माग्दा घर निकाला


चितवन, ससुराको फोटो लिएर कहिले प्रहरीमा त कहिले पत्रकारकहाँ धाइरहेकी उनीसँग अघिल्लो साता जिल्ला अदालतको परिसरमा भेट भयो। चितवनको त्यही अदालतमा आफूले दिएको जाहेरी विरुद्ध मुद्दा चल्छ भन्ने उनलाई थाहा छ। प्रहरीले अनुसन्धान अघि पनि बढाएको भन्छ। तर, आफूलाई बलात्कार गरि बेघर बनाइदिने ससुरा प्रहरीले भेटेको छैन। आरोपी व्यक्ति नभेटिएसम्म न्याय कसरी पाउने ? त्यसैले ब’लात्कृत उनी ससुरा जहाँ पुगेका भएपनि देख्नेले चिनुन् भनेर फोटो बोक्दै चिनजानका मानिसकहाँ धाइरहेकी हुन्।

उनी चाहन्छिन्, आफ्ना कुरा अदालतमा पुगेर न्यायाधीश सामुन्ने भनौँ, पटक पटक ब’लात्कार गर्ने ससुरालाई कारबाही होस्, तर, ससुरा कहिले भेटिन्छन् थाहा छैन। काम नगरी दिन बिताउने भएपछि साढे तीन वर्ष अघि श्रीमानलाई पाँच हजार सापटी खोजेर भारत पठाएकी थिइन्। रत्ननगर १५ मा उनको घर छ। घरमा ससुरा पनि काम नगर्ने, देवर पनि कता कता डुलिहिँड्ने, श्रीमानको पनि पारा उही भएपछि मजदुरी गरेर केही कमाउलान् भनेर भारत पठाइन्। २० वर्षको उमेरमा सात वर्षअघि उनको विवाह भएको थियो। विवाहको तीन महिनामा नै सासू क्यान्सरले बितिन्। श्रीमानको इलम छैन। ४५ वर्षे ससुरा पनि बेरोजगार।

दुई छोरी जन्मिसकेकाले उनले भारतमा मजदुरी गरेर भएपनि घर, सन्तानको लागि श्रीमानले केही कमाउलान् भनेर पठाएकी थिइन्। घर सम्हाल्दै दुई छोरी हुर्काउँदै थिइन्। ससुरा, देवर र दुई छोरीको लागि खाना बनाउनु खुवाउनु, घरव्यवहार चलाउनु उनको दैनिकी थियो। तर, भारत गएको साढे तीन वर्ष भएपनि श्रीमानले सुको पठाएका थिएनन्। ससुराले कुखुरा पाल्थे त्यही पैसाले दाल चामल ल्याउँथे। कहिलेकाँही माइतीबाट आमाले केही रकम पठाइदिन्थिन्। यताउता जोहो गरेर घर धान्दै आएकी थिइन्।

तर, लोग्ने घर नभएको मौकामा बुबा समान ससुराले पटक पटक ब’लात्कार गरिरहे। कहिले इज्जत जाने ड’रले त कहिले छोरीहरूलाई मा’रिदिन्छु भन्ने धम्की सहेर उनले कतिपटक ससुराले गरेको ब’लात्कारमा चुप बसिन् हिसाब छैन। उनलाई सम्झना छ, सुरुआत भने ६ महिनाअघि भएको थियो। त्यस दिन देवर घरमा थिएनन्। उनी सम्झिन्छिन्, साँझको करिब ६ साढे ६ बजेको समय मौरीहरू टिभी हेरिरहेका थिए। छोरीहरूको झ’गडा सुनेर भान्छाबाट दौडिँदै टिभी कोठामा पुगिन्। ससुरा पनि त्यही कोठामा रहेछन्।

‘पाँच पाँच रुपियाँ छोरीहरूको हातमा राखेर बाहिर पठाउनुभयो। टिभी कोठाको पर्दा र ढोका लगाउनुभयो। मलाई बाहिर निस्किन दिनुभएन। अनि जब’रजस्ती गर्नुभयो।’ भनिन्, ‘म रोएँ, पहिले सम्झाउनुभयो कीरा फट्याङ्ग्राको त सम्बन्ध हुन्छ। हामी त बाउ छोरी जस्तै हौँ केही हुँदैन। त्यसपछि ध’म्की पनि दिनुभयो कसैलाई भनिस् भने तेरो छोरीहरू मा’रिदिन्छु।’

त्यसपछि भने शरीर छामछुम पार्ने, जबर’जस्ती गर्ने क्रम निरन्तर जस्तै हुन थालेको उनले बताइन्। उनको महिनावारी हुने नहुने पनि ससुराले नै याद गरेर बस्थे। अनि, महिनावारी समयमा नभएको थाहा पाएपछि आफूलाई खोलेसिमल गर्भ जाँच गर्न पठाएको बताइन्। एक पटक रगत जाँचमा डाक्टरले बच्चा बसेको छैन भनेपछि घर फर्किएर आउँदा पनि नपत्याएर भिडियो एक्सरे नै गर्न पठाए।

उनले भनिन्, ‘डाक्टरले पनि रगत जाँचमा बच्चा नदेखिएपछि किन भिडियो एक्सरे गर्ने ? भनेर प्रश्न गर्दा पनि मैले भिडियो एक्सरेको रिपोर्ट ल्याएर देखाउनुपर्यो।’ बारीमा फलेको तरकारी छरछिमेकमा बाँडेर खाने बानी थियो उनको। तर, ससुराले बला’त्कार गरेपछि एकातिर मानसिक वि’क्षिप्तता छँदैछ, अर्कोतिर छरछिमेकमा निस्किन पनि बन्देज भयो। ‘घरै बस रानी जस्तो गरेर पाल्छु भन्नुहुन्थ्यो।’ उनले थपिन्, ‘तर, बाहिर भनिस् भने तेरो दुइटै छोरीलाई मा’रिदिन्छु भनेपछि म बोल्नै सक्थिन्।’

उनका अनुसार ससुराले कहिले गर्भ बस्दैन भन्दै पिल्स त कहिले नामै थाहा नभएको औषधि जबर’जस्ती खुवाउने पनि गर्थे। ‘त्यो औषधि खाएपछि मलाई के हुन्थ्यो थाहा पाउँदिनथेँ। उसले के के गर्थ्यो पनि होस् हुन्थेन्। बिहान उठ्दा पिसाब गर्ने ठाउँ दुखिरहेको हुन्थ्यो।’ हुन त उनले ससुराले गरेको दुर्व्य’वहार श्रीमानलाई पनि सुनाएकी थिइन्। बुबाले मलाई नराम्रो व्यवहार गर्नुहुन्छ भन्दा उल्टै श्रीमानको गाली खाएको उनले बताइन्। पहिले पनि रक्सी खाएर छोरी मेरो होइन भन्दै गाली गर्ने भएकोले श्रीमानको माया पनि आफूले राम्रोसँग नपाएको उनको भनाइ छ।

श्रीमानको विश्वास नपाएपछि दिदीलाई भन्ने आँट गरिन्। काठमाडौँमा रहेकी दिदीलाई बोलाएर चार दिनमा फर्किने गरि ससुरासँग छुट्टी लिएर रत्ननगर १२ मा रहेको माइती गइन्।

प्रहरीमा जाहेरी दिएपछि घरको ढोका बन्द
दिदीलाई अनुरोध नै गरेर काठमाडौँबाट बोलाएको चौथो दिनमा हिम्मत गरेर उनले आफूमाथि भएको दु’र्व्यवहार सुनाउन सकिन्। उनको घटना सुनेपछि दिदी र आमा केहीबेर बोल्न सकेनन्। त्यसपछि उनले सल्लाह गरेर बैशाखको १६ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा ४५ वर्षका ससुरा उमाप्रसाद बोहराको विरुद्ध ब’लात्कार मुद्दामा जाहेरी दिइन्। चार दिनको छुट्टी दिएर माइती पठाएकी बुहारीले आफू विरुद्ध जाहेरी दिएको थाहा पाएपछि ससुरा घरबाट भागे।

भारत भएका श्रीमान भने घर आएका छन्। उनले पटक पटक फोन गरेर जहाँ भेट्यो त्यही मा’रिदिन्छु समेत भनेर ध’म्की दिएको उनले गुनासो गरेकी छिन्। पटक पटक ध’म्की दिने छोरीहरूलाई समेत बेवास्ता गर्ने भएपछि यही साउनको ५ गते रत्ननगर नगरपालिका १५ नम्बर वडामा छोरीहरूको हेरचाह गर्नेबारे छलफल गर्न श्रीमानलाई झिकाइ पाउँ भनेर निवेदन पनि दिएकी छिन्।

रत्ननगर १५ वडाध्यक्ष आसिक तामाङ उनको निवेदन नगरपालिकाको उपप्रमुखकहाँ पठाइएको बताउनुहुन्छ। वडाध्यक्ष तामाङले भन्नुहुन्छ, ‘वडा स्तरको न्यायिक समिति पूर्ण नभएकोले अहिले वडाबाट काम रोकिएको छ, त्यसैले उहाँको विषयमा छलफलको लागि उपमेयर कहाँ पठाएका छौँ।’

माइतीमा बुबाले पनि कु’ट्छन्
प्रहरीमा जाहेरी दिएलगत्तै परिवारबाट विस्थापित उनी माइतीको आश्रयमा बसिरहेकी छिन्। तर, माइतीमा बुबा पनि दिनरात म’दिरा सेवन गरेर बिताउँछन्। विवाहित दिदी आफ्नै घर काठमाडौँमा बस्छिन्। भाइ वैदेशिक रोजगारीमा छन्। घरमा बुबा आमा छन्। बुबाले आमालाई नै म’दिरा सेवन गरि सताउने गर्थे। उनी माइती आएपछि त झन्, अपशब्द बोल्दै कु’ट्ने समेत गरेको उनले बताइन्।

माइतीमा समेत बस्न सम’स्या भएपछि रत्ननगरकी उद्यमी विरञ्जना घिमिरेले उनलाई काम दिनुभएको छ। घिमिरेले उनीबारे थाहा पाएपछि आफ्नै श्रममा बाँच्न सजिलो होस् भनेर मजदुरीको काममा लगाएको बताउनुभयो।

आ’रोपित खोज्दै छौँ :प्रहरी
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसारका अनुसार २७ वर्षकी पी’डित महिलाले बैशाख १६ गते जाहेरी दिएकी हुन्। उनले ससुरा उमाप्रसाद बोहराले आफूमाथि जबर’जस्ती ‘गरेको जाहेरीमा उल्लेख भएको जानकारी अधिकारीले दिनुभयो।

तर, पी’डित महिलाले प्रहरीकहाँ जाहेरी दिनुअगावै आरो’पित बोहोरा फरार भएको प्रवक्ता अधिकारी बताउनुहुन्छ। ‘आरो’पित व्यक्ति फरार छन्, अधिकारीले भन्नुभयो, ‘उनी भारत गएको बुझिएको छ। यद्यपि हामीले खोजी जारी राखेका छौँ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.