• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

दिनेश आफूमात्रै आत्महत्या गर्न चाहन्थे ? फरेन्सिक विज्ञ के भन्छन् हेर्नुहोस् !


१८ साउन, काठमाडौं । प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका-२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका रहेन ।

यो निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ । घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार पनि त्यहीँ बरामद हुनुले पनि हत्यापछि आत्महत्या भएकै विषयलाई थप पुष्टि गराउने प्रहरी बताउँछ ।

हत्यापछि आत्महत्याको भन्ने विषयमा त्यति धेरै शंका रहेन,’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन् । घटनामा शंकास्पद पाटो सकिएको भन्दै जघन्य प्रकृतिको अपराध अनुसन्धानमा खटिने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि यसको जाँचबाट बाहिरिएको छ ।

तर घरभित्र बरामद भएको दिनेशले लेखेको ‘सुसाइड नोट’ले चाहिँ केही प्रश्नहरु जन्माएको छ, जसको उत्तरको खोजीमा अनुसन्धान अधिकृतहरु लागि परेका छन् ।

आत्महत्या गर्न चाहन्थे ?

प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन्, ‘तिमीले पनि मलाई कहिल्यै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो । तिमीले कहिल्यै मलाई बुझेनौं ।’

उनले आफूले ‘जे भयो-भयो’ भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन् । उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

उनका अनुसार दिनेशले श्रीमती सुनितासँग सम्बन्धका विषयमा स-साना विषय पनि उल्लेख गरेका छन् । विगतमा साउदीमा कार्यरत रहँदा बिदामा नेपाल आएका बेला पनि श्रीमती सुनिता कहिल्यै खुसी नभएको भन्दै उनले गुनासो गरेका छन् ।

‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, १५ दिनजति त फकाउँदा फकाउँदै जान्थ्यो’ नोटमा भनिएको छ, ‘तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौं ।’

उनले नोटको दुई पानामा दाइको नाममा लेखेका छन् । त्यसमा उनले विभिन्न व्यक्तिसँग तिर्नुपर्ने ऋणको विवरण पनि उल्लेख गरेको स्रोत बताउँछ । एक सहकारीको नाम उल्लेख गर्दै उनले त्यहाँ भएका पैसा निकालिदिएर केही व्यक्तिलाई ऋण चुक्ता गरिदिन पनि भनेका छन् । उनले दाइलाई ‘घरको स्थिति थाहा छँदैछ, त्यसैले बिदा लिँदैछु’ समेत भनेका छन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले सोमबार राति लामो समयपछि उकुसमुकुस मनोभावहरु पत्रमा पोखेका थिए ।’ सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिने उनी बताउँछन् ।

सोमबार काभ्रेस्थलीमा दिनेशसहित उनकी श्रीमती सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीया छोरा आशिक मृत अवस्थामा भेटिएका थिए । सुरुमा घटनास्थलमा प्रहरी वृत्त बालाजुको टेाली पुगेको थियो ।

टोलीका एक सदस्यका अनुसार दिनेशको शव नजिकै रहेको एक टेबलमा एक भाँडोले थिचिएको अवस्थामा पत्रहरु फेला परेका थिए । उनी भन्छन्, ‘जाँचमा दिइने पेपर जस्तोमा उनले सबै कुरा लेखेर छाडेका रहेछन् ।’

अनुसन्धान अधिकृतहरुका अनुसार उनले लेखेजति विषयहरु लेखिसक्न कम्तिमा पनि तीन घन्टा लाग्नसक्छ । र, ती विषयहरु सबै उनले हत्या गर्नुअगावै लेखेको देखिने अधिकृतहरु बताउँछन् । अन्तिमतिर पुगेपछि मात्रै उनले ‘जति सम्झाए पनि पार नलागेको’ भन्दै श्रीमतीप्रति आक्रोश पोखेका छन् ।

सुरुआतमा उनले श्रीमतीलाई माया गरिरहने बताउनुले उनी डिप्रेसनमा भएको पनि हुनसक्ने आशंका उब्जाएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘अन्तिमतिर मात्रै उनले श्रीमतीप्रति आक्रोश देखाएका छन्, त्यसपछि मात्रै छोराछोरीको पनि औधी माया लाग्ने र सँगै लिएर जाने भनेका छन्’ एक अधिकृत भन्छन् ।

‘कुण्ठा र निराशाको परिणाम’

यो घटनामा लामो लेखौट बरामद हुनुले दिनेशले लामो समय अगाडिदेखि नै नोट लेखेको हुनसक्ने देखिएको मनोविद् गोपाल ढकाल विश्लेषण गर्छन् । ‘घटना विवरणहरु हेर्दा उनी डिप्रेसनमा भएको जस्तो देखिन्छ, उनले आत्महत्याका लागि पहिल्यैबाट तयारी गरेको पनि हुनसक्छ’ ढकालले भने, ‘यसरी आत्महत्या भएका अधिकांश घटनामा नोटमा आफूसँग विकल्प भएन, कसैले बुझेनन् भनेरै लेख्ने गरिएको पाइन्छ ।’

उनका अनुसार कतिपय अवस्थामा डिप्रेसनमा गएका मान्छेले एक्लै पनि आत्महत्या गर्नसक्छन् । तर कतिपयमा चाहिँ जसलाई निराशाको मुख्य कारण ठानेका हुन्छन्, त्यस्ता व्यक्तिको पनि हत्या गर्ने गरेको ढकाल बताउँछन् ।

उनका अनुसार काभ्रेस्थली घटनामा दिनेशले श्रीमती सुनितालाई नै यसको प्रमुख कारण ठानेकाले सुसाइड नोट लेख्दा लेख्दै आवेगमा आएर हत्या गरेको हुनसक्छ । ‘यसको मुख्य कारण भनेको पारिवारिक द्वन्द्व नै हो, यो समस्यालाई हल गर्नका लागि उनले हत्या र आत्महत्याबाहेकको विकल्प देखेनन्’ उनी भन्छन्, ‘बच्चाको हकमा माया लागेर सँगै लगेको भनेर उनले नोटमै भएका छन् ।’ समग्रमा काभ्रेस्थली घटना दिनेशको मनमा रहेको लामो समयदेखिको कुण्ठा र आवेगको परिणाम भएको उनको भनाइ छ ।

काठमाडौंको नागर्जुन नगरपालिका-६, रामकोटमा २३ फागुन २०७८ मा एकैपरिवारका ५ जना बेहोस अवस्थामा फेला परेको घटनामा पनि आर्थिक समस्याका कारण आत्महत्या गर्ने योजना बनेको खुलेको थियो । घटनामा एकजनाको मृत्यु पनि भएको थियो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, निकोसेरामा पनि २३ भदौ २०७७ मा २६ वर्षीया सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरी आत्महत्या गरेका थिए, यसको कारण पनि पारिवारिक तनाव नै भएको प्रहरी निष्कर्ष थियो ।

फरेन्सिक विज्ञ भन्छन् – हत्यालगत्तै आत्महत्या

प्रहरीले सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोपाल चौधरी नेतृत्वको फरेन्सिक टोलीलाई पनि घटनास्थलमा लगेको थियो । टोलीका एक सदस्यका अनुसार घटनास्थल र शवको अध्ययनबाट परिवारका चारै सदस्यको मृत्युको कारण ‘स्ट्याबिङ’ (छुरा प्रहार) भएको देखिएको छ ।

तीनैजनाको घाँटी, पेट र टाउकोमा चोट रहेको चिकित्सकहरूले प्रहरीलाई पनि बताएका छन् । दिनेशले चाहिँ विजुलीको तारले झुण्डिने प्रयास गरेको देखिएको प्रहरी बताउँछ । तर असफल भएपछि छुराले हानेको प्रहरी अधिकृतहरु बताउँछन् । फरेन्सिक विज्ञले पनि त्यही संकेत गरेका छन् ।

फरेन्सिक विज्ञहरुका अनुसार दिनेशले हत्या लगत्तै आत्महत्या गरेका थिए । शवको प्रकृति हेर्दा राति ११ देखि १२ बजेको बीचमा घटना भएको हुनसक्ने देखिएको चिकित्सकहरुले बताएका छन् । ‘राति खाना खाएर सबै सुतिसकेपछि पनि उनी नसुती नोट लेखेर बसेको हुनसक्छ’ एक अधिकृत भन्छन् । अस्पतालले पोष्टमार्टमको औपचारिक रिपोर्टचाहिँ प्रहरीलाई दिइसकेको छैन ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.