• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एक हप्तादेखि नै भाइलाई घर सर्न भनिरहेका थिए वीरबहादुरले

विगत एक सातादेखि वीरबहादुर विकले माइला भाइ घामबहादुरलाई घर छाड्न सुझाव दिइरहेका थिए।

वीरबहादुरका चार दाजुभाइमध्ये २ जनाको घर माथि थियो भने २ जनाको घर केही तल। जेठा वीरबहादुर र माइला घामबहादुर गाउँमै थिए। साइला भाइ पोखरा र कान्छा रोजगारीका लागि साउदी छन्।

‘यहाँ धेरै पानी झरेछ, डर हुन्छ, माथि मेरो घर सर् भनेर हिजो पनि भनेको थिएँ,’ वीरबहादुरले सेतोपाटीलाई भने, ‘सर्छु त भनेको थियो तर भैंसी ब्याउन लागेछ भनेर सरेन, राति यस्तो भयो।’

विगत केही दिनयता लगातार पानी परिराखेको छ।

घामबहादुरको घरको बाटो भएर बर्खाको भेल बगेको देखेर नै वीरबहादुरले माइला भाइ घामबहादुरलाई आफ्नो घरमा बस्न बोलाइरहेका थिए।

दाजुभाइको घर नजिकै भएकाले पनि उनीहरूको दिनहुँ भेट हुन्थ्यो, सोमबार साँझ पनि वीरबहादुरले भेटेर घामबहादुरलाई आफ्नो घर बास बस्न बोलाएका थिए।

रातभरि मुसलधारे वर्षा भयो। घामबहादुरको घर माथिबाट झरेको पहिरोले उनको घरको नाम निसाना मेटाइदियो। मालिका गाउँपालिका– २ का वडा सदस्य भक्तबहादुर पुन मगरका अनुसार मंगलबार बिहान करिब ४ बजेतिर उक्त पहिरो झरेको थियो।
म्याग्दी प्रहरी प्रमुख डिएसपी तिलक भारतीका अनुसार पहिरोले पुरिएर ३६ वर्षीय घामबहादुर, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नविन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मीको मृत्यु भएको छ।

उनीहरूको शव वडा कार्यालय नजिकै राखिएको छ।

बाढी र पहिरोका कारण घटनास्थलमा गाडी जान सक्ने अवस्था छैन। प्रहरीले उक्त गाउँसमेत हेर्ने जिम्मा दिएको इलाका प्रहरी कार्यालय दरबाङबाट हिँडेर जान मात्रै ४ घण्टा समय लाग्छ।

प्रहरी टोलीले बिहान पहिरोबारे थाहा पाउने बित्तिकै घटनास्थल पुगेर मृतकको शव निकालेका थिए।

मृतकको शव पोष्टमर्टम गर्न सदरमुकाम बेनी बजारस्थित जिल्ला अस्पताल ल्याउनुपर्ने डिएसपी भारतीले बताए।

‘तर शव ल्याउन सक्ने अवस्था छैन, हेलिकप्टर बस्न मौसम नखुलेको छैन’, उनले भने।

मौसम नखुलेकै कारण पहिरोमा परेका दुई जना घाइते अहिले गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा छन्।

पहिरोमा परेर घाइते भएका सोही गाउँका ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विकलाई थप उपचारका लागि पोखरा ल्याउने प्रयास सफल हुन सकेको छैन।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी काठमाडौंमा छन्।

घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाए पनि मौसम खराब भएकाले उड्न नसकेको अध्यक्ष गर्बुजाले बताए।

पहिरोमा परेर आफूसहित पूरै परिवार गुमाएका घामबहादुरले करिब ११ वर्ष खाडी मुलुकमा काम गरेका थिए।

कतार र साउदी अरबमा काम गरेर २ वर्षअघि मात्र नेपाल फर्केर उनले खच्चड पालेका थिए।

मोटरबाटो नपुगेका ठाउँमा ढुवानी गर्न खच्चडलाई भारी बोकाएर धपाउने घामबहादुर अहिले बर्खाको समय खेतीपातीमै रमाएका थिए।

पहिरोले उनको भैंसी जोगिएको दाजु वीरबहादुरले बताए। एउटा खच्चड मरेको र एउटा घाइते भएको छ। घामबहादुरको परिवार खोज्न गएका गाउँलेले उनलाई घटनाबारे जानकारी गराएका थिए।

हिजोसम्म आफ्नो घरमा बस्न बोलाएका वीरबहादुर बिहानै भाइको पूरै परिवार पहिरोमा डुबेको शोकमा बेहोस भएका थिए।

अहिले उनको होस खुलेको छ, तर भाइको घर र गोठ हेर्न उनलाई मन छैन।

‘म त हेर्न पनि गएको छैन, जान पनि मन छैन,’ उनले भने, ‘भाइको घर परिवार नै छैन भने किन जानू!’

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.