• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

उच्च शिक्षाका लागि विदेश जान चाहनुहुन्छ भने सेन्ट्रल कलेजबारे जानौं, बुझौं


सेन्ट्रल कलेज अफ भोकेशनल टे«नि· प्रालिको भरतपुर, चितवनमा नाम व्यापक छ । गाउँ–शहर, बाटोघाटो जताततै मान्छेहरुको नजरमा छ सेन्ट्रल कलेज । रातो अक्षरमा लेखिएको ‘सेन्ट्रल कलेज’ नेदेख्ने यता सायदै होलान् । धेरै ठाउँमा छन् यसका होर्डि· बोर्ड तथा भित्ते प्रचारहरु । मिडियामा पनि विज्ञापन राम्रै छ । पूर्वीनवलपरासीको कावासोती घर भएका यज्ञविलास पौडेल यसका सञ्चालक हुन् । प्रचारप्रचार र व्यवस्थापनमा मनग्गे लगानी गरेअनुसार प्रतिफल र प्रगति पनि राम्रै हुनुपर्छ । आउनुहोस्, सेन्ट्रल कलेज अफ भोकेशनल टे«नि· प्रा.लि.लाई सञ्चालककै मुखबाट सुनौं, बुझौं । प्रस्तुत छ, सेन्ट्रल कलेजका सञ्चालक तथा प्रिन्सिपल वाईबी पौडेलसँग सम्वाददाता अजय गोर्खालीले गरेको कुराकानी ।

१) सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनि· प्रा.लि.को नाम जताततै छाएको देखिन्छ । यसको काम पनि विस्तृत रुपमा बताइदिनुहोस् न ?
– सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनि· प्रालिको प्रधान कार्यालय पुतलीसडक, काठमाडौंमा रहेपनि कारोबारको मुख्य अफिस यही शहीदचोक, नारायणगढ, प्रेसमार्गमै रहेको हो । पोखरा, बुटवल, कावासोती, सौराहाचोक, पर्सा, दमौली, बर्दघाट लगायत देशको १० ठाउँमा यसका शाखा छन् । यो विशुद्ध रुपमा उच्च शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीहरुलाई, भाषा सिक्न चाहनेहरुलाई आवश्यक पर्ने भाषा तथा तयारी कक्षाहरु यसले सञ्चालन गर्दै आएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने, जापान, युके, अष्टे«लियाका स्कूल, कलेज र युनिभर्सिटीहरुमा भर्ना हुन सहयोग पु¥याउने, भाषा तथा प्रिप्रेसन क्लासहरु चलाउनेदेखि लिएर होटल सम्बन्धी टे«नि·, कम्प्युटर लगायत विभिन्न प्राविधिक तालिमहरु पनि हामीले सञ्चालन गर्दै आएका छौं । सुरुका दिनहरुमा सेन्ट्रल कलेजमा कम्प्युटर तालिम, होटल सम्बन्धी तालिम, सेक्युरिटी गार्ड लगायत विभिन्न प्राविधिक सीपमूलक तालिमहरु चलेको थियो र अहिले पनि आवश्यकता अनुसार प्याकेजका रुपमा हामी यो सञ्चालन गर्छौं । भाषाका कक्षाहरुमा जापानिज भाषाका कक्षा, अंग्रेजी भाषाका कक्षा चलाइरहेका छौं, आईईएलटीस, पीटीई, टोफेलका क्लासहरु चलिरहेका छन् । भाषा, तालिम तथा उच्च शिक्षाका लागि परामर्श दिने एउटा कम्प्लिट संस्थाको रुपमा सेन्ट्रल कलेज अगाडि बढेको छ ।

२) सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनि· प्रालिको स्थापना कहिले भएको हो ? सुरुदेखि अहिलेसम्मको अवस्था बताउनुहोस् न ?
– यसको स्थापना सन् २०१० को मे २४ मा भएको हो । अहिले १२ वर्ष भइसकेको छ । सुरुका दिनहरुमा यो सानो थियो । बिस्तारै यसले आफ्नो काम तथा कार्यक्षेत्रहरु बढाउँदै लगेको छ । विगतमा यसले होटल सम्बन्धी कुक–वेटर, हाउसकिपिङ, इलेक्ट्रिकल, प्लम्बिङ लगायत कम्प्युटरको हार्डवेयर–सफ्टवेयर सम्बन्धी तालिमहरु दिने, जापानी, कोरियन, इजरायली, जर्मनी भाषाहरु पढाउने, उच्च शिक्षाका लागि युके, अमेरिका, अस्टे«लिया, जापान जाने विद्यार्थीहरुलाई परामर्श दिने र वर्किङका लागि पनि विभिन्न देशमा जानेहरुलाई सीप सिकाएर सहयोग गर्ने, परामर्श दिने केन्द्रको रुपमा अगाडि बढ्दै गर्दा सन् २०१५ देखि विद्यार्थीहरु जापानमात्रै पठाउने संस्थाको रुपमा यसले काम गर्न थाल्यो । २०२१ सम्म जापानकै मात्र काम गरेर यसले नेपालमा ख्याति कमायो । जापानका लागि विश्वासिलो, धेरै विद्यार्थी पढाउन सक्ने, धेरै ठूलो क्षमता भएको, धेरैलाई पठाउन सक्ने भएर उच्च शिक्षाका लागि जापान जान चाहनेहरु धेरैको सपना यसले पूरा गर्न सक्यो भने २०२२ बाट फेरि विगतमा आफूले गरेका युके, अमेरिका, अस्टे«लिया, न्युजिल्याण्ड लगायतका देशहरुमा पनि विद्यार्थी पठाउने र आईईएलटीस, पीटीई र टोफेलका क्लासहरु पनि सञ्चालन गर्ने गरी सेन्ट्रल कलेज अगाडि बढेको छ ।
विद्यार्थीलाई भाषा सिकाउने, तालिम दिने र स्कूल कलेज तथा युनिभर्सिटीहरुमा भर्ना हुन चाहिने आवश्यक कागजातहरु पठाइदिने, इन्टरभ्यू व्यवस्थापन गरिदिने र दूतावाससम्मका प्रक्रियाहरुलाई चाहिने सम्पूर्ण काम गर्ने कम्प्लिट परामर्श केन्द्र भनेको विदेशका कलेजहरुसँग यो संस्था सम्बन्धमा हुन्छ, विदेशका कलेजहरुबाट यसले एजेन्सी लिएको हुन्छ र ती कलेजहरुसँग को–अर्डिनेसन गरेर कलेजका लागि चाहिने, त्यहाँको सरकारलाई चाहिने सम्पूर्ण कागजात तयार गर्न सहयोग गर्ने, फर्महरु भर्न विद्यार्थीलाई सहयोग गर्ने, इमिग्रेसन, एमबीसीका सबै तयारी गराउन कम्प्लिट परामर्शका लागि यसले लाइसेन्स लिएको छ ।

३) ‘दुई लाख रुपैयाँमा जापान’ भनेर सेन्ट्रल कलेजबाट निकै प्रचार भएको देखेको थिएँ । त्यसबारे प्रस्ट्याइदिनुहोस् न ?
– त्यो प्याकेज अहिले छैन, दुई वर्ष अगाडिसम्म थियो । दुई लाख रुपैयाँमा जापान भन्नुको मतलब तीन महिनाको फि मात्रै तिरेर पनि जापान जान पाउने गरी त्यहाँका स्कूल, कलेज र युनिभर्सिटीहरुसित सम्झौता गरेर काम गरिएको थियो । राम्रो पर्सेन्टेज भएका जेन्युइन विद्यार्थीहरु, जो जापानिज भाषामा पनि राम्रो र जापानका युनिभर्सिटीहरुले विश्वास गर्न लायक छन्, केही त्यस्ता विद्यार्थीहरुलाई हामीले अफर गरेका थियौं, समग्रलाई थिएन ।

४) अहिले जापान जान कति खर्च लाग्छ त ?
– जापानको कलेजमा प्रायःजसो विद्यार्थीले एक वर्षको फि तिर्ने चलन छ । एक वर्षको ७÷८ लाख रुपैयाँ फि आउँछ भने प्रायः विद्यार्थीहरु छ महिनासम्म कलेजकै होस्टेलमा बस्ने चलन छ । त्यसका लागि दुई लाख रुपैयाँ थप खर्च लाग्छ । टिकट काट्न एकलाख जति चाहिन्छ, सपिङ पनि गर्नैप¥यो । पकेटमा एक–डेढ लाख रुपैयाँ बोकेरै जानुप¥यो र कन्सल्टेन्सीलाई पनि एकलाख जति सर्भिस चार्ज बुझाउँदा विद्यार्थीको १३÷१४ लाख रुपैयाँ जापानमा अध्ययनका लागि जान खर्च भइरहेको छ ।

५) भाषा सिकेको चाहिँ कति पैसा तिर्नुपर्छ त ?
– पर्दैन । भाषा फ्रि नै हो । दुई वर्षदेखि हामीले भाषाको नाममा पैसा लिएका छैनौं । १० हजार रुपैयाँ हो लिएपनि । त्यो भन्दा बढी होइन । हामीले तीन महिनाको १० हजार रुपैयाँ भाषाको लिने गर्छाैं । डकुमेन्टेसन प्रोसेस, ट्रान्सलेसन, कुरियर लगायत गर्दा स्कूल, कलेज, युनिभर्सिटी हेरेर विद्यार्थीसँग ३०–४० हजार लिन्छांै । त्यसैमा सम्पूर्ण कुराहरु ओके भइसकेपछि बल्ल अन्य खर्चहरु हुने गर्दछ ।

६) भनेपछि कलेजले विद्यार्थीहरुसँग झण्डै डेढ लाख रुपैयाँ लिन्छ ?
– होइन । सर्भिस चार्जको रुपमा जम्मा एकलाख जति लिन्छ कलेजले । अरु उनीहरुकै लागि खर्च हुने हो, त्यसमा हामीले एरेन्जमात्रै गरिदिने हो ।

७) उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया, क्यानडा लगायतका देशमा जान कति खर्च लाग्छ त ?
– अस्टे«लिया जानको लागि दुई किसिमको प्रक्रिया छ । युनिभर्सिटीमा ब्याचलरका लागि जान्छ भने विद्यार्थीको २०÷२५ लाख रुपैयाँ खर्च भएको छ । भोकेसनल डिप्लोमा पढ्ने कलेजहरुमा १५÷१६ लाख खर्चेर विद्यार्थी अस्टे«लिया पुगेका छन् । अस्टे«लियामा कलेज र कोर्सको प्रकृति हेरेर खर्च लाग्छ । क्यानडाका लागि लगभग १५ देखि १८ लाखको वरिपरिमा काम हुन्छ । विद्यार्थीले बढी रुचाएको देश अस्टे«लिया र त्यसपछि जापान नै हो । प्रायः विदेश पढ्न जाने भनिसकेपछि १० देखि १५ लाखको हाराहारीमा काम भइरहेको छ ।

८) सेन्ट्रल कलेजमा अहिलेसम्म कति जनाले भाषा अध्ययन गरे, कलेजबाट विदेश पठाउन कतिजनाको प्रक्रिया अगाडि बढाइयो र अहिलेसम्म कतिलाई कुन–कुन देशमा पठाइसक्नु भयो ?
– नारायणगढको मात्रै रेकर्ड दिएर भएन । देशभरिको तथ्यांक अहिले हामीसँग छैन । जेहोस् धेरै विद्यार्थीले भाषा कक्षा लिए, कतिले निःशुल्क लिए, कतिले पैसा तिरेर लिए, कति हामीबाटै विदेश गए, कति आफैं प्रोसेस गरेर गए । अहिलेसम्म सयौं, हजारौं विद्यार्थी हामीकहाँबाट भाषा, परामर्श लिएर गएका छन् । हामीले मुख्य रुपमा जापान नै धेरैलाई पठाएका छौं ।

९) तपाईंहरुबाट गरिएको प्रोसेस कति प्रतिशत सफल भएको छ ?
– यसमा फरक पर्छ । जस्तो कि दुई वर्षयता जापानमा प्रोसेस गरेको ९८ पर्सेन्ट सफल भएको छ भने हिजोका दिनमा त्यो थिएन, ५० प्रतिशतको हाराहारीमा थियो । भोलिका दिनमा यो पर्सेन्टेजमा फेरि ठूलो उतारचढाव आउँछ । वैदेशिक केसमा कहिले एकदमै धेरै सफल हुन्छ, कहिले न्यून ।

१०) सेन्ट्रल कलेजमा अहिले कति विद्यार्थी अध्ययनरत छन् ?
– नारायणगढकै कुरा गर्ने हो भने ६÷७ सय विद्यार्थी अहिले अध्ययनरत छन् । जापानको लागि ४–५ सय जनाको प्रक्रिया अगाडि बढिरहेको छ । अष्ट्रेलिया, क्यानडाको लागि ५०÷६० जना विद्यार्थी प्रक्रियामा छन् ।

११) प्रक्रिया पूरा हुन कति समय लाग्छ ?
– करिब एक वर्ष लाग्छ ।

१२) यत्रो विद्यार्थी पढाउनुहुन्छ, पठाउनुहुन्छ । सरकारलाई वार्षिक राजस्व कति बुझाउनुहुन्छ त ?
– सेन्ट्रल कलेजको वार्षिक आम्दानी तीन करोड जति देखिएको छ, लगभग
३०–३५ लाख रुपैयाँ राजस्व बुझाउँछौं ।

१३) कलेज सञ्चालनका कठिनाइ र भोग्नुपरेका समस्या केही छन् भने त्यो पनि भनिदिनुहोस् न ?
– टिचरको प्रलाप, व्यवस्थापनको प्रलाप त हुन्छ नै । विभिन्न राजनीतिक पार्टी, पत्रकार, संघसंस्था र व्यक्ति विशेषबाट पनि टर्चर छ । बेलाबेलामा प्रशासनबाट पनि अनावश्यक टर्चर खेप्नुपर्छ । जनमानस, विद्यार्थी र यहाँको माहोलले पनि हाम्रो व्यवसायलाई टोटली पोजिटिभ रुपमा लिँदैन । काम बन्यो भने एकदम खुशी हुने, स्याबासी दिने तर सामान्य एक–दुई जना विद्यार्थीको रिजल्ट बिग्रियो भने पनि त्यसलाई ठूलो इस्यु बनाउने गरिन्छ । त्यसले गर्दा कठिनाइहरु अवश्य छ । तैपनि हामी निरन्तर मेहनत र संघर्षमा छौं । ९८ प्रतिशत समस्या र चुनौतीहरुलाई चिर्दै अगाडि बढ्दै सफलता हासिल गरिरहेका छौं ।

१४) एउटा कन्सल्टेन्सी सञ्चालकको तर्फबाट सरकारसँग अपेक्षा के छ त ?
– सरकारले यो व्यवसायलाई व्यवस्थित बनाइदेओस् । दर्ता, धरौटी, अनुगमन लगायतका सम्पूर्ण कुरामा कडाइ गरियोस् । जसरी मेनपावरलाई व्यवस्थित बनाउन अगाडि बढेको छ, त्यस्तै कन्सल्टेन्सीहरुलाई पनि गर्न आवश्यक छ । अहिले जसले पनि कन्सल्टेन्सी खोल्ने– दर्ता गरेर खोल्ने, नगरेर खोल्ने, राजस्व तिरेको छ–छैन, मापदण्ड पूरा गरेको छ–छैन, काउन्सलर र टिचर योग्य छन्–छैनन्, म्यानेजमेन्ट र पूर्वाधार छ–छैन । यस्ता आवश्यक कुराहरु पूरा नगरेर पनि यो सेक्टर अगाडि बढेको कारणले अव्यवस्थित भएको छ, सरकारले यसलाई व्यवस्थित गर्न सहयोग गरिदियो भने अझै राम्रो हुनेछ ।

१५) सेन्ट्रल कलेजका काउन्सलर र प्रशिक्षकबारे बताइदिनुहोस् न त ?
– नारायणगढ चितवनकै कुरा गर्दा म आफैं पनि नेपाल सरकारबाट लाइसेन्स प्राप्त योग्य काउन्सलर हुँ । त्यस्तै शारदा शर्मा हुनुहुन्छ, उहाँ पनि लाइसेन्स प्राप्त काउन्सलर हो । अमृत अधिकारी भाषा प्रशिक्षक हुनुहुन्छ । आईईएलटीएस, पीटीईका लागि विपिन शर्मा हुनुहुन्छ । उहाँहरु पनि पूर्ण योग्य हुनुहुन्छ । नेपाल सरकारको क्राइटेरिया मिट गरेर काम गरिरहनुभएको छ । योग्य काउन्सलर, योग्य टिचर र योग्य स्टाफ नै हामीसँग छन् ।

१६) कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवामा कत्तिको अग्रसर हुनुहुन्छ ?
– सेन्ट्रल कलेजले चितवन, नवलपुर लगायतका जिल्लाहरुमा लागुऔषध दुव्र्यसन विरुद्ध विद्यालयहरुमा कार्यक्रम चलाउने गरेको छ । ट्राफिक प्रहरीहरुसित मिलेर ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । त्यस्तै रक्तदान कार्यक्रम, स्कूल, कलेजहरुमा हाजिरीजवाफ, वक्तृत्वकला कार्यक्रम गर्ने गरेका छौं । नेतृत्व र व्यक्तित्व विकासका लागि लायन्स, लियो लगायतका स्थानीय क्लबहरुसित मिलेर काम गरिएको छ । विद्यार्थीहरुलाई आवश्यकता अनुसार कापीकलम लगायतका शैक्षिक सामग्री बाँड्छौं । हामीकहाँ पढ्ने विद्यार्थीहरुका लागि पनि ल्याब, लाइबे्ररीको सुविधा, बुक म्याटेरियलहरु फ्रि गरेका छौं । खेलकुदको विकासका लागि फुटबल, क्रिकेट क्लबहरुले आयोजना गर्ने खेलहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ । खेलाडी तथा क्लबहरुलाई बल, ब्याट, जर्सी लगायतका खेलसामग्री दिने गरेका छौं । अन्य विभिन्न संघ–संस्थालाई पनि हामीले सक्ने सहयोग गर्दै आएका छौं । हामीले गरेका सामाजिक कामहरु मिडियाबाट पनि राम्रो कभर भएको छ । सबैले बुझ्न र महसुस गर्न थालेका छन् । सेन्ट्रल कलेजले आफूले कमाएको नाफाबाट ३३ प्रतिशत भन्दा बढी सामाजिक कार्यमा खर्च गरिरहेको छ ।

१७) भाषा कक्षा पढेर जापान, क्यानडा, अस्टे«लिया लगायत देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ? सेन्ट्रल कलेज अफ भोकेशनल टे«नि· प्रालिमा अन्त भन्दा बढी सुविधा र फाइदा के छ ?
– उच्च शिक्षाका लागि जान चाहनेहरुलाई योग्य काउन्सलर र प्रशिक्षकहरुद्वारा परामर्श दिने, भाषा पढाउने, तालिम दिनका लागि ल्याबको राम्रो व्यवस्था भएको तथा इन्फ्रास्ट्रक्चरले सम्पन्न सेन्ट्रल कलेज अफ भोकेशनल टे«नि· प्रालि आफैंमा एउटा पूर्ण, सफल संस्था हो । उच्च शिक्षामा जान चाहनेहरुका लागि चाहेको कलेज, स्कूल, युनिभर्सिटी, सिटीहरुमा एड्मिसन गर्न सक्ने प्रत्यक्ष सम्बन्ध भएकोले सेन्ट्रल कलेजलाई विश्वास गर्न हुनका लागि र सेन्ट्रल कलेजले यो क्षेत्रमा राम्रो इतिहास बनाइसकेको कारणले हामीसँग परामर्श लिएर अगाडि बढ्नको लागि अनुरोध गर्दछु ।

१८) सेन्ट्रल कलेजबाट तपाईं एउटा सफल व्यवसायीको रुपमा स्थापित हुनुहुन्छ । यो प्रतिस्पर्धाको जमानामा सफल र अब्बल हुन के गर्नुपर्ने रहेछ ।
– सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा मेहनत गर्नुपर्छ, लगानी गर्नुपर्छ, सबैसँग हातेमालो गर्नुपर्छ । सामाजिक काम पनि गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । स्टाफ म्यानेजमेन्टदेखि लिएर मार्केटिङ गर्ने, विद्यार्थीहरुलाई सफल रिजल्ट दिने देखि लिएर सबै कुराहरु मिलाउन सके नै सफल भइन्छ । सेन्ट्रल कलेजले आजसम्म १२ वर्ष यता त्यो सबै गर्न सकेको कारणले नै नेपालको एक उत्कृष्ट परामर्श केन्द्रको स्थापित हुन सफल भएको छ । यो सानो मेहनतले भएको होइन, सफलता सजिलो छैन । सफल हुनका लागि धेरै खट्नुपर्छ ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.