• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

विदेशमा रहेका श्रीमानले सामाजिक सञ्जालमा राखेको फोटोले तनाव भएपछि …


असार ३२ गते साइबर ब्यूरोलाई दुबईबाट फोन आयो । फोन गर्नेले भने, ‘मेरी बुढीले आत्महत्या गर्दैछ, मैले सुनेको साइबर ब्यूरोले बचाउँछ रे ! लौ न बचाइदिनुपर्‍यो ।’

उनकी ३१ वर्षीया श्रीमती सविता (नाम परिवर्तन) ले फेसबूकमा लेखेकी थिइन्, ‘यस्तो हुँदा अब बाँचेर के अर्थ ? अब मर्छु ।’ त्यो स्ट्याटसको ‘स्क्रिन शट’ उनले साइबर ब्यूरोलाई उपलब्ध गराइदिए ।

त्यसपछि ब्यूरोले ‘क्विक रेस्पोन्स’का लागि सामाजिक सञ्जाल ह्वाट्स एपको क्लोज ग्रुप बनायो । त्यसमा साइबर ब्यूरोका अनुसन्धानमा खटिएका प्रहरी अधिकृत, आत्महत्या गर्ने सविता, उनका श्रीमान्, श्रीमानका साथी, उनकी श्रीमतीलाई जोडेर कुराकानी शुरू गर्‍यो ।

अत्यन्तै गोप्य रूपमा ह्वाट्स एप ग्रुपमा भिडियो कुराकानी शुरू भयो । त्यही क्रममा उनको घर नजिकैको छिमेकीलाई पनि त्यो ग्रुपमा जोडियो ।

साइबर ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार सामाजिक सञ्जालमा विभिन्न स्ट्याटस लेख्ने, लाइभ गरेर आत्महत्या गर्न खोज्नेलाई भाइबर, ह्वाट्स एप लगायतको म्यासेन्जर प्रयोग गरेर उद्धार गर्ने गरिएको छ ।

‘पछिल्लो समय बढेको सामाजिक सञ्जालको प्रयोगलाई हामीले आत्महत्याबाट जोगाउने तरिका बनाएका छौं, जुन निकै प्रभावकारी देखिएको छ,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने, ‘यसमा नितान्त अनुसन्धान अधिकारी र पीडित व्यक्तिहरू मात्र हुन्छन् ।’

सविताको घरको वस्तुस्थितिबारे जानकारी लिन प्रहरीले छिमेकीलाई घरमा पठायो । स्थानीय प्रहरीलाई पनि ब्यूरोले खबर गर्‍यो । यसबीचमा उनी ह्वाट्स एप ग्रुपमा जोडिएकी थिइन् । उनलाई प्रहरीले ‘काउन्सिलिङ’ गरिरहेको थियो ।

उता सविताको छोरा तल्लो तलामा खेलिरहेका थिए । सविताको घरमा गएकी छिमेकीले उनलाई सोधिन्, ‘तिम्रो मम्मी कहाँ हुनुहुन्छ ?’ बच्चाले माथिल्लो तलामा रहेको जानकारी दिएपछि उनी माथिल्लो तलामा जाँदा ३१ वर्षीया सविता आत्महत्या गर्ने तयारीमा थिइन् । उनी कोठामै पुगेपछि आत्महत्या गर्नबाट रोकियो । एकैछिनमा स्थानीय प्रहरी पनि त्यहाँ पुग्यो ।

जब प्रहरीले आत्महत्या गर्नुका पछाडिको कारण खोज्दा श्रीमान्, श्रीमान्का साथी र उनकी श्रीमती भएको सविताले बताइन् ।

सविताका श्रीमान् दुबईको एउटा पाँचतारे होटलमा ‘सेफ’को जागिर गर्छन् । उनी विगत ५ वर्षदेखि त्यहाँ काम गर्दै आएका छन् । सविताले छोरा र छोरीलाई विराटनगरमा हेरचाह गर्दै आएकी छिन् । श्रीमान्ले उनलाई महिनामा घर खर्च पठाउने समेत गरेका छन् ।

त्यो पाँचतारे होटलमै उनका श्रीमानका साथी पनि काम गर्दै आएका छन् । दुवै जना अत्यन्तै मिल्ने र विदेशमा हरेक समय सँगै बस्ने गरेका छन् । त्यसबीचमा श्रीमान्का साथीले उनकी श्रीमती पनि दुबईमै सँगै बस्ने र काम गर्ने योजना बनाएर लगेका थिए ।

दुबईमा बिदाको दिनमा तीनै जना घुमघाम जाने, सामाजिक सञ्जालमा फोटोहरू राख्ने गर्दै आएका थिए । उनका श्रीमान्ले कहिलेकाहीँ साथीकी श्रीमतीसँग पनि घुम्न गएको फोटो राख्ने गरेका थिए । त्यसले उनलाई आफ्नो श्रीमान् साथीको श्रीमतीसँग सल्किएको भान भएको प्रहरीलाई बताएकी छन् ।

‘श्रीमान्ले साथीकी श्रीमतीसँगको फोटो सामाजिक सञ्जालमा शेयर गर्दा मलाई उसैसँग लाग्यो जस्तो लागेको थियो, त्यसले मलाई पीडा हुन्थ्यो नि सर,’ सविताको भनाइ उद्धृत गर्दै साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘विदेशमा श्रीमान्ले राखेको फोटोले शंका उब्जाएर आत्महत्याको बाटोसम्म पुर्‍याएको देखियो ।’

उनलाई स्थानीय प्रहरी र साइबर ब्यूरोको टोलीले काउन्सिलिङ गरेर उनका श्रीमान्ले आफ्नो यथार्थ अवस्था जानकारी दिएपछि मात्रै उनी शान्त भएकी प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर खड्गीका अनुसार १ वर्षमा साइबर ब्यूरोले सामाजिक सञ्जालमा लेखेर आत्महत्याको प्रयास गर्ने ४४ जनालाई उद्धार गरिसकेको छ । ३ जनालाई प्रहरीले बचाउन सकेको छैन ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा आत्महत्याको स्ट्याटस लेख्ने, कहिले आत्महत्याको लाइभ गर्ने र आत्महत्याको प्रयास गर्ने गरेको देखिएको इन्स्पेक्टर खड्गीले बताए ।

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.