• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नारायणगढ–मुग्लिन सडक १८ घण्टादेखि बन्द, सडक खुल्ने प्रतिक्षामा यात्रु भोकभोकै

चितवन, साउन १७-

पहिरो का कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्नेे केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताए ।
गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् । यस्तै नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ । यही समस्यालाई ध्यानमा राखेर बागमती प्रदेश ट्राफिक प्रहरी र जिल्ला ट्राफिक कार्यालय चितवनले यात्रुको उद्दार गरेको छ ।

ट्राफिक प्रहरी आफैँले नाराणगढबाट म्याजिक बोलाएर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाएको हो । प्रहरीले केही ठूला बस समेत ल्याएर यात्रुहरुलाई नारायणगढ बजारसम्म पु¥याएको छ । पानीले नित्रुक्क भिजेका यात्रुहरुले धेरै राहत महसुस गरेको यात्रुहरुले बताएका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमलले नारायणी अनलाइनलाई भने, ‘पहिरो हटाउन धेरै समय लाग्ने देखिन्छ, त्यसले गर्दा अलपत्र यात्रुहरुलाई गन्तव्य पठाउन हामी आफै गाडी खोजेर लागि परेका हौं ।’ ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घाम लागेमा भोलिसम्म सडक खुल्न सक्ने र मौसम फेरि बिग्रिएमा भोलि पनि सडक खुलाउन समस्या हुने देखिन्छ ।

यस्तै ट्राफिक प्रहरीले पहिरो छिचोल्ने क्रममा समस्या भोगिरहेका बालबालिका र महिलाहरुलाई उद्दारमा समेत खटिएको छ । ट्राफिक प्रहरी पवन गिरीलगायतको टोली बिहानैदेखि यात्रुहरुको उद्दार र सवारी साधनको व्यवस्थापनमा खटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले दिउँसोसम्ममा एक हजार बढी अलपत्र यात्रुलाई सवारी साधन खोजेर गन्तव्यमा पु¥याइएको जानकारी दिए । ‘जामले समस्या देखिएपछि यात्रुहरु पहिरो छिचोलेर हिड्न थालेका छन्, उनीहरुलाई बजारसम्म पुग्नका लागि हामीले सहयोग गरिरहेका छौं’–प्रमुख अधिकारीले भने । प्रहरीले सवारी चालकहरुलाई न्यूनतम भाडा मात्रा लिन आग्रह गरेको थियो ।

पहिरोका कारण अहिले हजारौं सवारी साधन नारायणढ–मुग्लिन सडक खण्डमा रोकिएका छन् । निरन्तर ठूला पहिरो खस्न थालेकोले आज यस सडक खण्ड खुल्ने संभावना न्यून बनेको छ । त्यसैगरी काठमाडौँदेखि छुट्ने गाडी नागढुङ्गा, थानकोट, कलंकीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडकखण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।

Source naryanionline

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.