चितवन – पहिरोको कारण पूर्वी चितवनको एक घर जोखिममा परेको छ ।
राप्ती नगरपालिका १० किरनटारस्थित सन्तबहादुर चेपाङको घर जोखिममा परेको हो । आज (मंगलबार) दिउँसो २:३० बजे चेपाङको घर नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोको कारण मानविय तथा पशु चौपायमा कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा बस्न जोखिम भएकोले तत्कालको लागी परिवारका सातै जना सदस्यलाई आफन्त पर्ने राजन प्रजाको घरमा स्थानान्तरण गरिएको छ ।




