अफ्रिका, साउन १६-
पूर्वी अफ्रिकीको राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लाको एम्बोलोटेरेकेली गाउँमा एक आपराधिक समूहले घरमा आगजनी गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार अपराधीहरूले मानिसहरूलाई तीनवटा झुपडीमा जबरजस्ती थुनेर झुपडीमा आगो लगाएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।
माडागास्करका रक्षामन्त्री जनरल लियोन जीन-रिचर्ड राकोटोनिरिनाले घटना गाईवस्तुको चोरी कार्यमा संलग्नहरुले गराएको जानकारी दिए ।