चितवन, साउन १४-
चितवनमा आक्रमक ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटीहरु विस्तार हुन थालेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज वडा कमिटी गठन गरेको हो ।
भरतपुर महानगरपालिका–२८ जितपुरमा आज सम्पन्न भेलाले स्थानीय व्यवसायी केशवराज गौतमको नेतृत्वमा वडा कमिटी निर्माण गरेको छ ।
स्थानीय कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार गौतमको संयोजकत्वमा गठन भएको कमिटीका सदस्यहरुमा सन्दिप गौतम, सूर्य कुमाल, शिव अधिकारी, पदमचन्द्र श्रेष्ठ, गंगा परियार, तिलराज ढकाल , चुडामणि सुवेदी र नरहरि कँडेल सदस्य रहेका छन् । भेलामा कांग्रेस र माओवादी छाडेर आएका स्थानीय नेता बढी सहभागी भएको पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनले अन्य वडा कमिटीहरु पनि बन्ने क्रममा रहेको बताए ।