• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलियामा दक्ष कामदारको अभाव, ६० हजार स्थायी भिसा आवेदनको छिनोफानो गरिदै !

ब्रिजबेन,अष्ट्रेलिया । विभिन्न प्रयोजनमा लागि दिएका भिसा आवेदनहरूको चाङ कमगर्न अष्ट्रेलिया सरकारले ६० हजार स्थायी भिसा आवेदनहरूलाई प्राथमिकतामा राखेर छिनोफानो गर्न भएको छ । संघीय सरकारले भिसा प्रक्रियामा भएको ढिलाइका कारण अष्ट्रेलियामा परेको मानवश्रोत कम गर्न स्थायी भिसा आवेदनलाई प्राथमिकता दिन लागेको हो ।

जुलाई २६ मा अष्ट्रेलियाका आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले जारी गरेको विज्ञप्तीमा नै अष्ट्रेलियाले पार लगाउनुपर्ने भिसा आवेदनहरूको संख्या १० लाख हाराहारी रहेको जनाइएको छ । गृह मामिला विभागले भिसा ग्रिडलाई सम्बोधन गर्नेगरि स्रोत र कर्मचारी व्यवस्थापन गर्न नसक्दा भिसा छिनोफानोमा समय लागेको बताइने गरेको छ । यता, गृह मामिला मन्त्री क्लेयर ओनिलले स्वास्थ्य, शिक्षा र वृद्ध हेरचाहमा ध्यान केन्द्रित गर्दै अफसोर दक्ष आवेदकहरूलाई प्राथमिकता दिएर भिसा आवेदनको छिनोफानो गरिने बताउनुभएको छ । नयाँ सरकारी तथ्याङ्क अनुसार हालसम्मको भिसा ब्याकलग १० लाख हाराहारी छ । यीमध्ये ६ लाख ६० हजारभन्दा बढी व्यक्तिले अष्ट्रेलिया बाहिरबाट आवेदन दिएको, ५७ हजार ९०६ जना दक्ष कामदारले स्थायी भिसाका लागि आवेदन दिएको र १३ हजार ८०६ जना अफसोर भिसा आवेदकहरूले अस्थायी भिसाका लागि आवेदन दिएको पाइएको छ ।

युनिभर्सिटी अफ सिड्नीकी एसोसिएट प्रोफेसर अन्ना बाउचरले भिसा ब्याकलगलाई हल गर्न सरकारले चासो दिनुपर्ने बताउनुभएको छ । करिब ५ लाख कामदार चाहिने अवस्था रहेको भन्दै स्थायी र अस्थाइ भिसा आवेदकलाई पक्रियामा लगेर बजारको दक्ष मानवश्रोतको अभाव पूर्ति गर्न नसकिने प्रोफेसर बाउचर बताउनुहुन्छ । आगामी सेप्टेम्बरमा हुने रोजगार शिखर सम्मेलनमा युनियन, रोजगारदाता, नागरिक समाज समूह र आप्रवासनसँग सम्बन्धित सरकारका प्रतिनिधिहरूबी आप्रवासन र भिसा ब्याकलकका बारेमा घनिभुत छलफल हुने र दिर्घकालिन निकास खोजिनुपर्ने उहाँ बताउनुहुन्छ ।

स्कट मोरिसन सरकारको पालामा अष्ट्रेलियामा स्थायी बसाइसराइ प्रतिवर्ष १ लाख ६० हजारमा सिमित गरिएकोमा कोरोना महामारीका कारण यो संख्या दोश्रो विश्वयुद्ध पछि कै सबैभन्दा कम बिन्दुमा पुगेको थियो । डिसेम्बरमा २१ म अन्तर्राष्ट्रिय सिमाना पुनः खोलिएपछि बसाइँसराइको संख्या क्रमशः बढ्दो क्रममा देखिएको छ । व्यवसायीहरूले अझै पनि दक्ष कामदार अभाव पूर्ति गर्न महिनौं पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारमाथी दबाब बढाइरहेका छन् । अष्ट्रेलियन चेम्बर अफ कमर्सले महामारीबाट देशको आर्थिक मार्गलाई सुरक्षित गर्न वार्षिक आप्रवासन कार्यक्रमलाई २ लाख मानिसहरूसम्म विस्तार गर्न आह्वान गरेको छ ।

अष्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा ३.५ प्रतिशतमा झरेको छ । जुन पछिल्लो ४८ वर्ष यताकै सबैभन्दा कम बेरोजगार दर हो । अहिले अष्ट्रेलियाका बजारमा दक्ष कामदारहरूको अभाव प्रमुख चुनौति बनिरहेको छ । श्रोतः एसबिएस अष्ट्रेलिया

शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.