• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भरतपुर अस्पतालका डाक्टर,नर्स केक काट्न व्यस्त हुँदा शिशुको मृत्यु भयोः आफन्त

केन्द्रिय स्तरको अस्पताल भरतपुर अस्पतालमा चरम लापरवाही हुने गरेको गुनासो बढ्दै गएको छ । हिजो (बिहिबार) मात्रै अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण ३ महिने शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । आफन्तले भनेका छन्, ‘अस्पतालका डाक्टर र नर्स विरामी शिशुको उपचारमा ध्यान नदिइ जन्मदिनको केक काट्न व्यस्त हुँदा बच्चाको मृत्यु भयो ।’

भरतपुर महानगरपालिका १५ सोल्टी चोकका ३ महिने शिशु युगेश लम्साललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उनको दिउसो २ः४५ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

आमाको दुध चुस्न नमान्ने, एकोहोरो रुने गरेपछि बिहान ९ बजे बुबा रामु लम्साल र आमा सोना बयलकोटी लम्सालले उपचारका लागि शिशुलाई अस्पताल ल्याएका थिए । अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न पनि दुई घण्टा लामो लाइनमा बस्नुपरेको शिशुका बुवा रामु लम्सालले बताउनुभयो । उहाँले छोराको स्वास्थ्य जाँचमा हेलचेक्राई भएका बताउनुभयो । उहाँले भन्नुभयो,बच्चाको अवस्था एकदम नाजुक हुदै गइरहेको थियो,मैले आत्तिदै चिकित्सकलाई हारगुहार गरे तर आउनुभएन ।’ गम्भिर विरामी हुँदा पनि अस्पतालका चिकित्सक,नर्स र अन्य कर्मचारीले लापरवाही गरेको उहाँको भनाई छ । ‘मेरो बच्चा छटपटाइरहेको थियो,तर आकस्मिक कक्षका चिकित्सक र नर्स जन्मदिनको केक काटेर रामाइरहेका थिए,उहाँले भन्नुभयो । ’

युगेस रामु र सोना दम्पतीका तेस्रो सन्तान हुन् । तीन सन्तानका बाबुआमाका साथमा पहिलो सन्तान मात्र छन् । दोस्रो सन्तान पनि आमाको दुध नचुस्ने समस्या भएकै कारण मृत्यु भएको थियो । ‘दोस्रो सन्तान त हामी आफैले समयमै उपचार गर्न नसकेका कारण मृत्यु भयो । तर तेस्रो सन्तानलाई अस्पतालले लापरवाही गरेका कारण ज्यान गयो, उहाँले गुनासो गर्नुभयो ।’

भरतपुर अस्पतालका मेसु प्रा.डा.कृष्ण प्रसाद पौडेलले भने दुध सर्किएका कारण बच्चाको मृत्यु भएको बताउनुभयो । शिशुको परिवार भन्छ, दुध नै चुस्न नमानेको बच्चा कसरी सर्किएर मृत्यु हुन्छ । अस्पताल आफ्नो गम्भिर लापरवाहीबाट उम्कन खोजेको परिवारको आरोप छ ।

उनिहरुले न्याय र क्षतिपूर्तिको माग गरिरहेका छन् । शिशुको शव अस्पतालमै छ । बच्चाको पोष्टमाटम नेपाल मेडिकल काउन्सिल र नीजि अस्पतालका चिकित्सकहरुको सहभागितामा हुनुपर्ने परिवारको माग छ । उनिहरुलाई माग सम्बोधन नभएसम्म शव नउठाउने बताएका छन् ।

अस्पतालको रिपोर्ट हेर्दा शिशुमा हेमोग्लोबिनको कमी देखिएको छ । अस्पतालको निमित्त मेसु डा.गोबिन्द कँडेलले भन्नुभयो, मेडिकल काउन्सिलको टिम आएपछि मात्र वास्तविक कुरा थाहा हुनेछ । उहाँले शिशुको मृत्यु हुनुमा चिकित्सक दोषि दखिए कानुन बमोजिम कारवाही हुने बताउनुभयो । यसबारे छानविनका लागि अस्पतालले डा.प्रमोद पौडेलको अक्ष्यक्षतामा समिति बनाएको छ ।

भरतपुर अस्पतालमा पटकपटक चरम लापरवाही हुने गरेको जनगुनासो आउने गरेको छ । कहिले चिकित्सक त कहिले नर्स र अन्य कर्मचारीका कारण विरामीले सास्ती भोग्दै आएका छन् ।

यो समाचार नारायणी अन्लाईन को लागि प्रतिमा कुमालले लेख्नुभएको हो

source narayanionline

शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.