काठमाडौ । रिजर्भ गाडीमा यात्रु लिएर गएका चालक गाडीमा विभत्स हत्या गरेर फ्यालिएको अवस्थामा फेला परेका छन् ।कालेबुङको डुंग्रा निवासी स्वर्गीय हरि मिजारको छोरा बिबो मिजारको हत्या भएको हो ।
कालेबुङ देखि लाभा यात्रुलाई रिजर्भ लिएर गइरहेका बेला सोमबार लगभग १२ बजे देखि १२ः३० को समयमा हत्या भएको सुत्रबाट पत्ता लागेको छ।कालेबुङ प्रहरीले घटनास्थलमा गएर घटनाको अनुसन्धान गरिरहेको छन भने, हत्याको कारण भने खुल्न सकेको छैन ।
साथै हत्याराको पत्तो लाग्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि कालेबुङ जिल्ला अस्पतालमा लगिएको पनि सुत्र द्वारा पत्ता लागेको छ।यसरी नै चालक महासंघद्वारा पनि उक्त घटनाको घोर बिरोध गरिएको छ। अपराधीलाई चाँडो भन्दा चाँडो पक्राउ गरिनु पर्ने चालक महासंघ अध्यक्ष महेन्द्र गुरुङले माग गरेका छन्।