नेपालले चालु आर्थिक वर्ष २०७८ । ७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्र्याएको छ ।
एक वर्षे अवधिको तथ्याङ्क अनुसार नेपालले साउनदेखि असारसम्मको अवधिमा १६ करोड भन्दा बढीको कन्डम आयात गरेको हो ।
नेपालमा विश्वका ७ वटा मुलुकबाट कन्डम भित्रिने गरेको भन्सार विभागले सार्वजनिक गरेको तत्थ्याङ्कमा उल्लेख छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको विभागको भनाइ छ ।
सबैभन्दा धेरै भारतबाट ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको हो । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम आएको छ ।