×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ३. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ४. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ९. NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • १०. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

कमाउन थाल्यो नेपाल एयरलाइन्सले,आठ महिनामा आठ अर्ब आम्दानी


काठमाडौं,साउन १०-

आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले रु तीन अर्ब २७ करोड जतिबेला पनि चलाउन सक्छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा रु ५८ करोड नगद मौज्दात भएकामा करिब रु दुई अर्बको नगद मौज्दात भई रु एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ । दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

निगमको आठ महिनामा आठ अर्ब आम्दानी

निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम आठ महिना (साउनदेखि फागुन)सम्म रु आठ अर्ब ३८ करोड आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी रु पाँच अर्ब ७० करोड रहेको थियो ।

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ । कात्तिकमा ए–३२० ले सात घण्टा ३८ मिनेट र ए–३३० ले छ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा नौ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ । विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सञ्चालन भएका छन् ।

निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान सङ्ख्या बढाएर उडान भएका छन् ।

निगमले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवाहरूसँग सम्झौता गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ ।

निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पिएसएस’ पद्धतिमार्फत रिजर्भेशन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ । मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल परीक्षण र अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत् प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ ।रासस

मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने
आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने
भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै
लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता
मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै
बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ३.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ४.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

  • २.
    आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

  • ४.
    भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५.
    आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ७.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.