चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो। घरपरिवारमा थाहै नदिए एक्कासी दुवई भएका श्रीमान घर आएपछि श्रीमती रुष्मा र छोरी रोयस्ना अचम्मित बने ।
लामो सयम विदेश वसेर आएका श्रीमान्ले आउने वित्तिकै श्रीमतीको घाँँटी अठ्याए । घटनाको प्रत्यक्षदर्शी थिइन् छोरी। मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्यले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने बताउनुभयो।
रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने समेत जनाउनुभएको थियो। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा प्रहरीले रुष्माको माइती पक्ष तथा कृष्णको परिवारसहित राखेर छलफल गरायो। उनीहरूले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग अलग फ्ल्याटमा बस्ने गरि सहमति गराइदिए। बाँकी छलफल असार १७ गते गर्नेगरी दुवैजना घर फर्किए।
३ गते कागजमा सहीछाप गरेर फर्किएपछि पनि श्रीमानको कुटपिट नरोकिएको भन्दै १७ गते अगाडि नै रुष्मा फेरि प्रहरीमा पुग्नुभयो। छलफल गरेर पुनःफर्किएका यी दुवै १७ गते प्रहरीमा उपस्थित भए। तर, रुष्माको बुबाको समय नमिलेको कारण असारकै ३१ गते आउनु भनेर प्रहरीले फर्काइदियो।



