कावासोती । जवरजस्ती करणी मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपुर जिल्ला अदालतद्धारा जवरजस्ती करणी सम्बन्धी मुद्धामा ३ बर्ष १० महिना २० दिन कैद फैसला भई हाल सम्म फरार रहेका गैडाकोट नगरपालिका ११ बस्ने वर्ष ३६ का मान बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि नवलपुर जिल्ला अदालत नवलपुरमा उपस्थित गरिएको प्रहरीले जानकारी दिएको छ ।



