चितवन,साउन ८-
एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ। ‘नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढाएका छौं। समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ,’ उनले भने।
अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ। गत बैशाख २० गते परीक्षा सकिएको थियो।