जीवन कैला, कोल्टी बाजुरा, ७ साउन । १४ दिनदेखि बेपत्ता एक २८ वर्षका युवकको शव बाजुराको कर्णाली नदीमा फेला परेको छ । बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डी नजिकै कर्णाली नदीको किनारमा ती युवकको शव फेला परेको हो ।
मुगुको खत्याड गाउँपालिका वडा नं. का २८ वर्षका जसबहादुर शाहीको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । १४ दिनदेखि बेपत्ता रहेका शाहीको खोजी कार्य जारी नै थियो ।
खोजी गर्ने क्रममा हिजो जुड्डी नजिकै कर्णाली नदीको किनारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी सहायक निरिक्षक अशोक पालले जानकारी दिनुभयो ।



