• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ८. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

अस्ट्रेलियाले ६० हजारलाई स्थायी भिसा दिने


अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले कामदार अभाव कम गर्न ६० हजार स्थायी भिसाका लागि परेको आवेदनलाई प्राथमिकताका साथ टुंगो लगाउने भएको छ । पहिलो चरणमा कामदारको बढी अभाव देखिएका स्वास्थ्य, शिक्षा तथा एजकेयर (वृद्धवृद्धालाई रेखदेख गर्ने) क्षेत्रका लागि परेका भिसा आवेदनकर्तालाई प्राथमिकता दिने जनाइएको छ ।


अस्ट्रेलियामा काम तथा बसोबासका लागि परेका १० लाखभन्दा बढी भिसा आवदेनको टुंगो लाग्न बाँकी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लाखौं भिसा आवदेनको टुंगो लगाउन बाँकी रहेको समाचार बाहिरिएपछि सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरी निर्णय लिइने जनाएको हो ।

अस्ट्रेलियाको गृहमन्त्री क्लेयर ओनिलले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै स्वास्थ्य, शिक्षा तथा एजकेयर क्षेत्रमा परेका आवेदनलाई प्राथमिकता दिइने बताएकी हुन् । अस्ट्रेलियाका सबैजसो क्षेत्रमा कामदार अभाव रहेको भए पनि बढी आवश्यक परेका क्षेत्रमा आएका निवदेनलाई प्राथमिकताका साथ अघि बढाइने बताएकी छन् ।

समाचारअनुसार सरकारले प्राथमिकताका साथ टुंगो लगाउने भनिएका ६० हजारभन्दा बढी आवेदन सबै विदेशबाट अस्ट्रेलिया आउनका लागि दिइएका हुनेछन् । यसका साथै यी आवेदन स्थायी हुनेछन् । अस्ट्रेलियामा अहिले करिब ९ लाख ६० हजार भिसा आवदेनको टुंगो लगाउन बाँकी रहेको जनाइएको छ । जसमध्ये करिब ५ लाख ६० हजार विदेशबाट दिइएका आवेदन छन् ।

अस्ट्रेलियाले हरेक वर्ष १ लाख ६० हजार आप्रवासीलाई भित्र्याउने नीति लिएको छ । कोरोना भाइरसको महामारीका कारण गतवर्ष यो संख्या जम्मा ८२ हजार मात्र थियो । कामदार अभाव बढ्दै गएको भन्दै च्याम्बर अफ कमर्सले आप्रवासीको संख्या बढाएर वार्षिक २ लाख पुर्‍याउनुपर्ने माग गरेको छ । तर यसबारे भने सरकारले कुनै निर्णय गरिसकेको छैन ।

अस्ट्रेलियामा कोरोना भाइरसपछि देखिएको कामदार अभावको असर पनि व्यवसायमा परिरहेको छ । व्यावसायिक संस्थाका साथै ग्रामीण क्षेत्रका कृषकहरूले स्थायी दक्ष आप्रवासी कामदार ल्याउन सरकारसँग माग गरिरहेका छन् । सरकारले पनि अत्यन्तै अभाव देखिएको क्षेत्रमा अभाव पूरा गर्न विभिन्न नीति ल्याइरहेको भए पनि कामदार आपूर्ति सहज हुन सकेको छैन ।

अस्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा अहिले पनि ठूलो संख्यामा कामदार अभाव छ । जसका लागि यहाँका स्वास्थ्यकर्मीले बेलाबेलामा विरोधसमेत जनाउँदै आएका छन् ।

यसैगरी, अस्ट्रेलियाका विद्यालयमा देखिएको शिक्षक अभावका कारण फरकफरक कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यतासमेत आएको छ । शिक्षकलाई दुर्गम क्षेत्रमा पठाउन सरकारले आर्थिकलगायत विभिन्न सुविधा दिएको भए पनि समस्या सुल्झेको छैन । त्यसका साथै अन्तर्रास्ट्रिय विद्यार्थीलाई पनि काम गर्ने समयको सीमा हटाइएको छ ।

यसैबीच, अस्ट्रेलियाको केन्द्रीय सरकारले सबै सरोकारवालाई समेट्दै दुई महिनापछि रोजगार सम्मेलन गर्ने भएको छ । सरकारको ट्रेजरी विभागको सूचनाअनुसार प्रधानमन्त्री तथा ट्रेजररको समन्वयमा आगामी सेप्टेम्बर १ र २ मा हुने सम्मेलनमा अन्य मन्त्रीहरूसमेत सहभागी हुने जनाइएको छ । सम्मेलनले दक्ष कामदार आपूर्ति गर्न, बेरोजगार दर कम राख्न र उत्पादकत्व बढाउन मद्दत पुग्ने जनाइएको छ । सम्मेलनमा युनियन, रोजगारदाता, नागरिक समाजलगायत सहभागी हुने विभागले जनाएको छ ।

शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.