महोत्तरी, साउन ६-
महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेपछि उनी फेरी प्रकाउ परेका छन् । प्रहरीका अनुसार पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दास पक्राउ परेको हो । त्यस्तै उनी एक महिना पहिले मात्रै कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन् ।



