काठमाडौं ।
करिब एक महिना थाइल्याण्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल र बुहारी हिमानी आज नेपाल फर्कनुहुने कार्यक्रम रहेको छ । असार २३ गते ७६ औ जन्मोत्सव मनाउन छोरा एवं पूर्वयुवराज पारस बाहेक सबै आफन्त थाइल्याण्ड पुगेका थिए ।
असार ३ गते थाइल्याण्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लाग्नुभएको हो । अमेरिका पढ्दै गरेका पारसपुत्र ह्ृदयन्द्र एकसाता अघि थाइल्याण्डबाट फर्किसक्नुभएको छ ।नेपाल समचारपद्दमा खबर छ । आज दुई नातिनी पूर्णिका र किर्तिकालाई थाइल्याण्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लाग्नुभएको हो ।
दुई छोरीको रेखदेख गर्न पूर्वयुवराज्ञी हिमानी थाइल्याण्डमै बसिरहनुभएको थियो । परिवारका तीन सदस्य र निजी सचिव डा। सागर तिमल्सिना आज नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ ।



