चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङ्टारमा बस र माइक्रो एक आपसमा ठक्कर खाँदा १६ जना घाईते भएका छन् । काठमाडौंबाट बझाङ्का लागि जान आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौं तर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङगनर गाडी इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा एक आपसमा ठक्कर खाएको हो
। दुबै सवारी साधनमा सवार उनीहरुको उपचारका लागि भरतपुरका बिभिन्न अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता नरहरी अधिकारीका अनुसार बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङगनरका चालक घाईते भएका छन् ।
चितवनकाे चुम्लिङ्टारमा बस र माइक्रो ठक्कर खाँदा १६ जना घाईते
चितवनकाे चुम्लिङ्टारमा बस र माइक्रो ठक्कर खाँदा १६ जना घाईते

तपाईको प्रतिक्रिया