• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. बाबुरामले छाडे प्रलोपा

  • ९. यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

१८ करोडको रासायनिक मल बिक्री


सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरेको छ ।

आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए । गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताए ।

यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताए ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताउँछन् ।

सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट ट्रेडिङले गाउँ-गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताए ।

डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक-पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए । मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसान मलका लागि भौतारिने गरेका छन् ।

कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताए । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उनको भनाइ छ । रासस

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

लोकप्रिय

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भर्खरै

  • १.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • २.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ३.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ४.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ५.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ६.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ७.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

  • ८.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.