यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्ण तयारी गरेसँगै नतिजा सोमबार प्रकाशन हुने भएको हो ।
उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाको जानकारी दिइएको छ । कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम पनि सकिने क्रममा रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ ।
यस वर्ष एसईई दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७ सय ४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।