भारतको मध्य प्रदेशको धार जिल्लाको खलघाटमा ठूलो दुर्घटना भएको छ । करिब ४० यात्रु बोकेको बस नर्मदा नदीमा खसेको छ ।
भारतीय सञ्चार माध्यमले दिएका जानकारी अनुसार इन्दौरबाट महाराष्ट्रतर्फ जाँदै गरेको यात्रुबाहक बस खलघाट सञ्जय सेतु पुलमा सन्तुलन बिग्रँदा खोलामा खसेको थियो ।
हाल ५ जना यात्रुको शव निकालिएको छ । साथै घाइतेहरुलाई एम्बुलेन्सको सहयोगमा धामनोद सरकारी अस्पताल पठाइएको छ । घटनास्थलमा धामनोद प्रहरी र खल्ताका प्रहरी अग्रपंक्तिमा छन्, गोताखोर उद्धारमा खटिएका छन् ।
उद्धारका लागि एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । बसलाई क्रेनको सहायताले बाहिर निकालिएको थियो । यात्रुहरुको उद्धार कार्य जारी छ ।
यात्रुबाहाक बस नदीमा खस्दा ५ जनाको मृत्यु, उद्धार कार्य जारी