• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

दुई पटक रिजेक्टपछि अष्ट्रेलियाले पूजा शर्मालाई अन्तत: भिसा दियो, अष्ट्रेलियामा अब के गर्छिन् ?


काठमाडौं । अभिनेत्री पूजा शर्मा अष्ट्रेलिया गएकी छिन्। पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि अष्ट्रेलिया गएकी हुन्। पूजा शनिबार अष्ट्रेलिया उडेकी छन् ।

लामो समयदेखि भिसाको पर्खाइमा रहेकी पूजालाई अष्ट्रेलियाको भिसा अस्वीकृत भयो भन्ने खालका हल्ला सार्वजनिक भइरहेका थिए। पूजाको भिसा भने पर्खाइको सूचीमा थियो।

भिसा नपाएकै कारण पूजाले अष्ट्रेलियामा भएको बलिउड स्टार गोविन्दाको कार्यक्रममा प्रस्तुती दिन पाइनन्। पूजाले गोविन्दाको कार्यक्रममा प्रस्तुती दिने तय भएको थियो।
भिसाकै कारण उनको फिल्मको प्रिमियर पनि सर्दै आएको थियो। अब भने पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर हुने भएको छ।
पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ गत शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको छ। यो फिल्ममा पूजा र आकाश श्रेष्ठले अभिनय गरेका छन्।

पूजा ‘सम्झना विर्सना’को प्रचार सकेर अष्ट्रेलिया उडेकी हुन्। शनिबार साझ अष्ट्रेलिया उडेकी पूजाले त्यसभन्दा अघि दर्शकसँग बसेर फिल्म ‘सम्झना बिर्सना’ हेरेकी थिइन्।
यसअघि अष्ट्रेलियाले पूजालाई दुई पटकसम्म भिसा दिन अस्वीकार गरिसकेको थियो । यो तेस्रो पटकमा भिसा लागेको छ । यसअघि फिल्म ‘रामकहानी’को अष्ट्रेलिया प्रियिमरमा सहभागी हुनका लागि पूजाले दुईपटक भिसा आवेदन दिएकी थिइन् । त्यसबेला दुवैपटक उनलाई अष्ट्रेलियाले विश्वास गरेन र भिसा दिन मानेन ।
पूजाले यसपटक पुनः आफू निर्मित तथा अभिनित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागि भिसा आवेदन दिएकी थिइन् ।

तर, उनलाई अष्ट्रेलियन दूतावासले यसपटक पनि भिसा प्रदान गर्न अस्वीकार गरेपछि पूजा निराश बनेकी थिइन् ।
पूजासँगै निर्देशक सुदर्शन थापाले आवेदन दिएकोमा थापाको मात्र भिसा आवेदन स्वीकृत भएर आएको थियो । तर केही ढिला गरेर पूजालाईपनि यो पटक भने भिसा दिएको छ ।
तर अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सेलिब्रेटी पूजा एक्लो भने होइनन् । यसअघि पनि धेरै सेलिब्रेटीहरुलाई अष्ट्रेलियाले रिजेक्ट गरिसकेको छ ।

अद्यागमन कानूनमा निकै कडा अष्ट्रेलिया सरकारले अष्ट्रेलिया भ्रमणको औचित्यमा कुनै शंका लागेमा जोसुकैलाई पनि भिसा नदिन सक्छ । अर्को कुरा एकपटक रिजेक्ट भएको व्यक्तिलाई अष्ट्रेलियन दूतावासले सधैं शंकाको घेरामा राखिरहन्छ ।

पूजाको सन्दर्भमा पनि त्यस्तै भएको मान्न सकिन्छ । यसअघि रामकहानीको समयमा दुई पटक रिजेक्ट भइसकेकी पूजाले फेरि यसपटक पनि भिसा आवेदन दिएपछि उनी निगरानीमा रहेको पुष्टि भएको छ ।

यो पटक भिसा पाएपछि अबका दिनमा पूजाका लागि अष्ट्रेलिया भ्रमण सहज हुने देखिन्छ ।

सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.