चितवन – नारायणी नदिको बिच भागमा वेबारिसे शव फेला परेको छ ।आज (आइतबार) साझ ५ बजेको समयमा नाम थर र उमेर नखुलेको एक पुरुषको भरतपुर महानगर १६ स्थित सिद्रि गणेश मन्दिर नजिकै नारायणी नदीमा शव फेला परेको हो ।
उक्त व्यक्तिको लास सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । चितवन प्रहरीको अनुसार शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।




