पोखरा । पोखराको लेकसाइडमा गएराति कारले ठक्कर दिंदा एक ट्याक्सी र पाँच वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
राति २ः३० बजे हलनचोकबाट बाराहीचोकतर्फ जाँदै गरेको बा१२च६३३९ नम्बरको कारले रोकिराखेको मोटरसाइकल र ट्याक्सीलाई ठक्कर दिएको हो ।
कारले पार्किङ रहेको ग१ज ३८४३ नम्बरको ट्याक्सी, ग२१प ७३८० स्कुटर, ग२०प ७१६१ नम्बरको स्कुटर, ग९प ७३८० नम्बरका मोटरसाइकल, ग९प ५०६ नम्बरको स्कुटर, ग११प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षति भएको बताइन्छ । दुर्घटनापछि भागेको कारलाई सिआभी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कार चालक झापाको कन्काई नगरपालिका वडा नं. ६ का २० वर्षीय विनयक ओलीलाई पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन गरेको प्रहरीको आशंका छ ।
रातको समय भएकाले दुर्घटनामा मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ।