पश्चिम नवलपरासीका किसानले जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै सुक्न थालेको छ भने खेत चिरा–चिरा परेर फाटेको छ । असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण पश्चिम नवलपरासीका अधिकांश किसानले लगाएको धान खेती सुकेर मर्ने संभावना बढेर गएको छ ।
रामग्राम नगरपालिका वडा नं १४ किसान रामरतन यादवले ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थालेको चिन्ता व्यक्त गरेका छन्। यसरी पश्चिम नवलपरासीका किसानहरु चिन्तीत भएका हुन ।
कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीका अनुसार पश्चिम नवलपरासीमा २१ हजार हेक्टर जमिनका धान खेती हुने गरेको छ । जस्मा अहिले सम्म ९५ प्रतिशत किसानहरुले धान रोपिसकेका छन ।
सानो डिपटूयुवेलको पानी,नहरको पानी र पम्पीसेट मार्फत खोला र घोलावाट पानी तानेर करिव १० हजार हेक्टर जमिनमा रोपाई गरीएको थियो भने बांकी असार १३ र १४ गते परेको आकाशे पानीवाट पश्चिम नवलपरासीका किसानहरुले रोपाई गरेको कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीले बताएका छन् । अबको ८/ १० दिन सम्म पनि पानी नपरे धानखेती सुकेर जाने संभावना रहेको चौधरीले बताए ।