असार ३०, मेलबर्न अष्ट्रेलिया । मेलबर्नकी एक यौनकर्मीले डिसेम्बर २०२० मा पोइन्ट कुक टाउनहाउसमा आगो लगाएर तीन जनाको हत्या गरेको स्वीकार गरेकी छन्।
यसभन्दा अघि यस हत्या काण्डमा दोषी नभएको बताएकी उनले बुधबार भने सर्वोच्च अदालतमा ३ जनाको हत्यामा दोषी भएको पाइएको हो।
उक्त घटनामा २८ वर्षीय इन्दरपाल सिंह, १९ वर्षीय अबिगल परेस्ट र तीन हप्ताका बालक इभी फरेष्टको मृत्यु भएको थियो। उनीहरूको आगोबाट भाग्न नसकेपछि निसास्सिएर मृत्यु भएको बताइएको छ।
छिमेकीहरूले युवाको परिवारलाई बचाउन निकै प्रयास गरेता पनि सफल भने भएनन्। उनी नोभेम्बर ७ मा दोषीको औपचारिक निवेदन दर्ता गर्न अदालतमा फर्कनेछिन्।