• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

खुशीको खबर : ३ वर्षपछि अस्ट्रेलियासँग भयाे दोहोरो संवाद !

अस्ट्रेलिया — अस्ट्रेलिया र चीनबीच ३ वर्षपछि द्विदेशीय संवाद भएको छ । कोरोना महामारीको सुरुवातसँगै दुई मुलुकबीचको कूटनीतिक र व्यावसायिक सम्बन्धमा चिसोपना आएको थियो । गत शुक्रबार दुवै मुलुकका विदेशमन्त्रीले इन्डोनेसियाको बालीमा औपचारिक संवाद गरेका हुन् । जी–२० राष्ट्रहरूको बैठकमा सहभागी हुने क्रममा अस्ट्रेलियाली विदेशमन्त्री पेनी ओङ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो ।

अस्ट्रेलियाली विदेशमन्त्री पेनी ओङ शुक्रबार इन्डोनेसियाको बालीमा चिनियाँ समकक्षी वाङ यीसँगको भेटवार्ताका क्रममा । तस्बिर : एजेन्सी

अस्ट्रेलियामा हालै लेबर पार्टीको नयाँ सरकार गठन भएसँगै दुई मुलुकबीचको सम्बन्धमा केही सुधार आउने अपेक्षा गरिएको थियो । लामो समयदेखि बन्द रहेको संवादहीनताको क्रमलाई यो भेटवार्ताले भंग गर्नुका साथै सम्बन्ध सुधारमा यसलाई पहिलो सकारात्मक पाइलाका रूपमा विश्लेषण गरिएको छ । भेटपछि अस्ट्रेलियाका विदेशमन्त्री ओङले एक विज्ञप्ति जारी गर्दै दुई मुलुकबीचमा केही आपसी भिन्नता भए पनि भेटमा आफूहरूले एकआपसको प्राथमिकता र चासोलाई खुला रूपमा राखेको र ध्यानपूर्वक सुनेको बताएकी छन् ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यावसायिक साझेदार मात्र नभएर अन्तर्राष्ट्रिय विद्यार्थी, बहुराष्ट्रिय कूटनीतिक गठजोडलगायत विषयमा समेत महत्त्वपूर्ण साझेदार मुलुकका रूपमा चिनिन्छ । कोरोना भाइरसको संक्रमण सुरु भएसँगै अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री स्कट मरिसनले भाइरस उत्पत्तिका विषयमा छानबिन हुनुपर्ने माग उठाएपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपना सुरु भएको थियो ।

चीनको मोबाइल उत्पादक कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ–जी सेवा सञ्चालन गर्न नदिने निर्णय र अर्का प्रधानमन्त्री माल्कम टर्नबुलको पालामा विदेशी हस्तक्षेप रोक्न भन्दै परिमार्जन गरिएको कानुनलगायतले पनि चीन–अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता ल्याउन भूमिका खेलेको थियो । सम्बन्धमा चिसोपना आएसँगै चीनले अस्ट्रेलियाबाट निर्यात हुने अर्बौं लागत बराबरको जौ, वाइन, मासुलगायतको निर्यातमा कडाइ तथा प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धमा उतारचढावसँगै छलफलका लागि अस्ट्रेलियाले गरेको आग्रहलाई चीनले बेवास्ता गरेको थियो । अस्ट्रेलियाका तत्कालीन कृषिमन्त्री डेभिड लिटल प्राउड र व्यापारमन्त्री साइमन बर्मिङ्गमले छलफलका लागि गरेको आग्रहलाई चीनले नकारेको थियो । तर, पछिल्लो संसदीय निर्वाचनसँगै लेबर पार्टी सत्तामा पुगेपछि बधाई दिँदै चीनले सम्बन्ध सुधारमा प्रयास थालेको थियो । शुक्रबारको विदेशमन्त्रीस्तरीय छलफल सम्बन्ध सुधारमा महत्त्वपूर्ण र पहिलो कदम भएको विदेशमन्त्री ओङले बताएकी छन् । ओङका अनुसार छलफलका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीनलाई प्रतिस्पर्धीभन्दा पनि साझेदारका रूपमा व्यवहार गर्न आग्रह गरेका छन् ।

सम्बन्ध सुधार्न चीनका ४ सर्त

यो भेटवार्तालाई चीनले पनि सकारात्मक कदमका रूपमा अर्थ्याएको छ । अस्ट्रेलियाले चीनलाई प्रतिद्वन्द्वी र शत्रुको व्यवहार गरेको गुनासो चीनको छ । दुई मुलुकबीचको सम्बन्धलाई लिएर अस्ट्रेलियाका कदम र प्रयोग गर्ने शब्दावलीसमेत गैरजिम्मेवार भएको उसको भनाइ छ । अस्ट्रेलियाले अवसरलाई उपयोग गर्ने, ठोस कार्य गर्ने, चीनलाई राम्ररी बुझ्ने र सकारात्मक ऊर्जा लिने विश्वास विदेशमन्त्री यीले विज्ञप्तिमार्फत गरेका छन् । सम्बन्ध सुधार गर्न भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले अस्ट्रेलियासामु ४ सर्त अघि सारेका अस्ट्रेलियाली समाचार संस्था एबीसीले लेखेको छ ।

अस्ट्रेलियाले चीनलाई प्रतिद्वन्द्वीभन्दा साझेदारका रूपमा हेर्नुपर्ने, आफ्ना फरक धारणा र विचारलाई यथावत् राख्दै जे विषयमा आफूहरू समान बन्न सकिन्छ, त्यसैमा समानान्तर आधार खोज्नुपर्ने चीनको सर्त छ । कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने वा कुनै तेस्रो पक्षद्वारा निर्देशित नहुने र व्यावहारिक र सकारात्मक सामाजिक तथा सार्वजनिक आधार निर्माणमा अडिग रहनुपर्नेमा पनि चीनले जोड दिएको समाचारमा उल्लेख छ ।

चीनको धारणा सार्वजनिक भएसँगै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाले कसैको मागलाई सम्बोधन नगर्ने प्रतिक्रिया दिएका छन् । उनले आफूहरूले आफ्नै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने स्पष्ट पारेका छन् । उनले आफूहरूले चीनलाई सकेजति सहयोग गर्ने र अन्य सबै मुलुकसँग राम्रो सम्बन्ध राख्ने बताउँदै सबैभन्दा पहिला अस्ट्रेलियाको हितका निम्ति उभिने बताएका छन् ।

उनले चिनियाँ विदेशमन्त्रीसँगको छलफललाई रचनात्मक कदम भएको उल्लेख गरेका छन् । अस्ट्रेलियाले कुनै पनि विषयमा आफ्नो धारणा परिवर्तन नगरेको जानकारी दिँदै उनले सधैं रचनात्मक रहने बताएका छन् ।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.