• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया आउन कडाइ गरिनु को कारण यस्तो रहेछ ?


लामो समयदेखि अस्ट्रेलियाली कलेजमा भर्ना भएर बसेका धेरै नेपाली विद्यार्थीको भिजा ‘रिजेक्ट’ (अस्वीकृत) भएको खबर आउन थालेको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरू रहेको सामाजिक सञ्जालका समूहमा यसबारे चर्को चिन्ता व्यक्त गरिएको छ । यसबारेमा समाचार आएसँगै धेरैलाई अब नेपालबाट अस्ट्रेलिया पढ्न आउन गाह्रो हुने सोच आएको छ । सामाजिक सञ्जालमा अनेकौं अशंकाहरूलाई मलजल गरेर पोस्ट तथा कन्टेन्टहरू भाइरल गरिएको पनि देख्न सकिन्छ ।

यसै सन्दर्भमा अस्ट्रेलिया सरकारको आन्तरिक व्यवस्था विभाग (होम अफेयर्स)ले जुलाईको पहिलो साता ‘प्रोभाइडर अपडेट’ जारी गरेको छ । लामो समयदेखि ढिलाइ भइरहेको भिजा प्रक्रिया, अन्तर्राष्ट्रिय परिस्थिति र विद्यार्थी भिजाका सम्बन्धमा दस्तावेज सार्वजनिक गरिएको हो ।

यस दस्तावेजले नेपाली विद्यार्थीहरूका लागि आगामी दिन सहज नहुने संकेत गरेको छ । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूको भिजा आवेदनमा ‘नक्कली’ काम भएको र ‘भेट’ भनिने व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा मात्रै धेरै विद्यार्थी भर्ना भएको विषयलाई गम्भीरताका साथ लिएको छ । धेरै नेपालीहरू अस्ट्रेलिया पढ्न भन्दा पनि काम र कमाइका लागि जाने गरेको अस्ट्रेलिया र नेपालमा चर्चा हुने गर्दछ । पछिल्लो समय कोरोनाको कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्ने अवसर दिएको थियो जुन अहिले पनि यथावत छ ।

अस्ट्रेलियाले विद्यार्थीलाई काम गर्ने अवसर दिएको समयमा नाम मात्रको विद्यार्थी बनेर काम गर्न आउनेको संख्या धेरै छ । नेपालीहरूमाझ नै ‘भिजा फ्याक्ट्री’ उपनाम पाउने गरेका कलेजहरूमा नेपाली विद्यार्थीको चाप बढी देख्न सकिन्छ । अस्ट्रेलियाको इमिग्रेसन विभागमा उपसचिव भइसकेका विश्लेषक अबुल रिज्वी नेपालबाट ‘भेट कोर्स’मा आउने विद्यार्थीको संख्या बढ्नु आश्चर्यजनक भएको बताउँछन् । उनले नेपालबाट अति नै धेरै संख्यामा ‘भेट’ विद्यार्थी आउनुले त्यसमा संशय पैदा गरेको उनको भनाइ छ ।

नेपाली विद्यार्थीलाई कडाइ गरिएला त ?
अस्ट्रेलियाको भिजा तथा आप्रवासन हेर्ने विभाग ‘होम अफेयर्स’को जुलाई महिनाको ‘प्रोभाइडर अपडेट’मा लेखिएको भाषा र दर्शाइएको चासोलाई हेर्ने हो भने अब नेपालबाट अस्ट्रेलिया विद्यार्थी भिजामा जानेलाई पहिले जस्तो सजिलो पक्कै हुने छैन । नेपालको आर्थिक स्तर कमजोर हुँदै गएको र श्रीलंका जस्तै टाट पल्टिने गतिमा रहेको आशंका गरिएको छ । आर्थिक सूचकांक खस्कँदै गएको अवस्थामा अस्ट्रेलियाले नेपाली विद्यार्थीको कागजातमा धेरै नै कडाइ गर्न सक्ने देखिन्छ । त्यसै पनि ‘प्रोभाइडर अपडेट’मा विद्यार्थी भिजाको सत्यनिष्ठा/इमान्दार प्रयोगमा समस्या आएको र त्यसलाई हटाउनको लागी विद्यार्थीहरूलाई ‘जूम’ मार्फत अन्तर्वार्ता लिएर विद्यार्थी साँच्चै पढ्ने मनसुबा भएको र योग्य हो भन्ने यकिन गर्नुपर्ने उल्लेख छ ।

‘प्रोभाइडर अपडेट’मा नेपाल वा अरू कुनै देशको नाम नलिइकन धेरै देशमा आर्थिक अस्थिरता बढेको र दैनिकी चलाउने खर्चको दबाब बढ्दै गएको अवस्थामा अस्ट्रेलियामा काम गर्न विद्यार्थी भिसाको उपयोग गर्ने सम्भावना भएकाले त्यसमा चनाखो रहन भनिएको छ ।
कलेज तथा विश्वविद्यालयहरूले अस्ट्रेलियामा पढ्न चाहने विद्यार्थी पढ्नका लागि आर्थिक अवस्थाले भ्याउने नभ्याउने पनि जाँच गर्न प्रस्ट भनिएको छ ।

नेपालको सन्दर्भमा ‘भेट कलेज’ पढ्ने धेरै विद्यार्थीले प्रस्तुत गरेका आर्थिक कागजातको वैधतामा शंका जनाइएको छ । कोरोना महाव्याधिको कारण बन्द भएको अस्ट्रेलियाको सीमा खुलेपछि नोभेम्बर २०२१ र २२ मे २०२२ को बीचमा मात्र १८ हजार ८ सय ८९ नेपाली विद्यार्थी अस्ट्रेलिया आइसकेका छन् । पछिल्लो समयमा व्यापक चर्चा भएको ‘भिजा रिजेक्ट’ करीब ९० प्रतिशत भनिएको छ । यस प्रकरणपछि नेपाली विद्यार्थी विशेष गरेर ‘भेट कलेज’मा आउनेहरूले कलेज, कोर्स, करीयर र आर्थिक योजना भरपर्दो नभइकन भिजाका लागि निवेदन दिएमा उनीहरूले भिजा पाउने सम्भावना कम हुन्छ ।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.