गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले बैदेशिक रोजगार सम्बन्धी कसुरको आरोपमा नवलपुरको गैँडाकोटबाट एक महिलालाइ पक्राउ गरेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ स्थायी घर भै हाल गैँडाकोट ९मा बस्दै आएकी ३४ बर्षीया आशा सेनलाई प्रहरीकाे विशेष टाेलीले गैँडाकाेट वडा नं ४ बाट बिहान १० वजे पक्राउ गरेकाे हाे ।
बैदेशिक रोजगार सम्बन्धी कसुर गरि फरार रहेकी सेनलाई बैदेशिक रोजगार विभाग काठमान्डौको परिपत्र अनुसार पक्राउ गरि काठमान्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।