नवलपुर । नवलपुरमा प्रहरीले भन्सार छलेर ल्याएको ठुलो परिमाणमा कपडा र चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोला बजारबाट अवैध समान बरामद गरिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा १९१७ पिस सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । कपडा र चिनीको बजारमुल्य करिव ५४ लाख ३६ हजार बराबरको हुन आउने प्रहरीको भनाइ छ ।
बरामद भएको समान आजै आवश्यक कारबाहीको लागि राजश्व कार्यालय रुपन्देही पाठाइएको छ ।



