• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन १८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

लोकप्रिय समाचार

  • १. फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भरतपुर अस्पतालमा चरम लापहरवाही : २४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् बिरामीले


चितवन । दैनिक १५ सय बढी बिरामी आउने भरतपुर अस्पतालको मेडिकल वार्डमा २४ घण्टादेखि बिरामीले चिकित्सक भेट्न पाएका छैनन् । शनिबार बिहानदेखि आईतबार बिहानसम्म चिकित्सक नआएका हुन् ।अस्पतालको पुरुष मेडिकल वार्डको १४ नम्बर बेडमा रहनु भएका ५५ वर्षिय श्याम सार्कीले २४ घण्टासम्म स्वास्थ्य परीक्षण गर्न चिकित्सक नआएको गुनासो गर्नुभयो । सोही वार्डमा उहाँ जस्तै १६ जना बिरामी हुनुहुन्छ । त्यसो त महिला मेडिकल वार्डमा रहेका २४ जनाले पनि शनिबार बिहानदेखि चिकित्सक भेट्न पाएका छैनन् ।

आईतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाईमा हुनुहन्थ्यो । माथिल्लो तलाको क्याबिनमा रहेका बिरामीले पनि शनिबार बिहानैदेखि चिकित्सक भेट्न पाएका छैनन् । त्यसो त क्याबिनका नर्ससँग चिकित्सकको रोष्र्टर समेत छैन ।बृद्धबृद्धा वार्डमा १० जना बिरामी पनि चिकित्सक आउँलान र परीक्षण गर्लान भन्ने पर्खाईमा थिए । आक्कल झुक्क आउने मेडिकल अफिसर र आवासीय चिकित्सकको भरमा बिरामीलाई औषधि दिने गरेको डियूटिमा रहेका नर्सहरुले बताए ।

नर्सहरुले दिएको जानकारी अनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो । बिहान राउण्ड गरेपछि आज बिहानसम्म उहाँ नआउनु भएको उनीहरुको भनाई छ ।बिरामीका कुरुवा भन्दै थिए “कम्तीमा डाक्टरले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” त्यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको त्यसै हुने उनीहरुको बुझाई छ । शनिबार दिउँसो भर्ना भएका बिरामीले आज बिहानसम्म चिकित्सक भेट्न पाएका छैनन् । धेरै बिरामी रहने अस्पतालका २० क्याविन भरिभराउ छन् । मेडिकल वार्डका सबै बेडहरु बिरामीले भरिएका छन् ।

आफ्नो डियूटिमा नजानु भएका डा. तिवारीले भन्नुभयो “गल्ती भयो, अब म त्यस्तो गल्ती गर्दिन ।” यस अघि पनि समय समयमा तिवारी राउण्डमा नआउने गरेको नर्सहरुको गुनासो छ ।अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो “तालिका अनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारवाही हुन्छ ।”

भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ चितवनसहित २१ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । पछिल्ला दिनहरुमा अस्पताल सुधार उन्मुख भए पनि केही चिकित्सकका अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । रात्रीकालिन समयमा डियुटि पर्ने प्राविधिक कर्मचारीहरुले पनि आफ्नो पालोमा काम नगर्ने गरेको समय समयमा गुनासो आउने गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आएपछि अस्पताल प्रशासनसँग बुझेको बताउनुभयो । उहाँले आफ्नो कर्तव्य पूरा नगर्ने जुनसुकै चिकित्सक वा कर्मचारीलाई कारवाही गरिने बताउनुभयो । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासन मार्फत् कारवाहीका लागि सिफारिस गरिने बताउनुभयो ।६०० शैयाको भरतपुर अस्पतालमा दैनिक १५ सयभन्दा बढी बिरामी बहिरंग (ओपिडी) मा आउने गर्दछन् भने अस्पतालका शैयाहरु प्रायः भरिभराउ हुने गर्दछन् ।

कान्तिपुरहेल्थबाट

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ६.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ७.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.