• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुर अस्पतालमा चरम लापहरवाही : २४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् बिरामीले

चितवन । दैनिक १५ सय बढी बिरामी आउने भरतपुर अस्पतालको मेडिकल वार्डमा २४ घण्टादेखि बिरामीले चिकित्सक भेट्न पाएका छैनन् । शनिबार बिहानदेखि आईतबार बिहानसम्म चिकित्सक नआएका हुन् ।अस्पतालको पुरुष मेडिकल वार्डको १४ नम्बर बेडमा रहनु भएका ५५ वर्षिय श्याम सार्कीले २४ घण्टासम्म स्वास्थ्य परीक्षण गर्न चिकित्सक नआएको गुनासो गर्नुभयो । सोही वार्डमा उहाँ जस्तै १६ जना बिरामी हुनुहुन्छ । त्यसो त महिला मेडिकल वार्डमा रहेका २४ जनाले पनि शनिबार बिहानदेखि चिकित्सक भेट्न पाएका छैनन् ।

आईतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाईमा हुनुहन्थ्यो । माथिल्लो तलाको क्याबिनमा रहेका बिरामीले पनि शनिबार बिहानैदेखि चिकित्सक भेट्न पाएका छैनन् । त्यसो त क्याबिनका नर्ससँग चिकित्सकको रोष्र्टर समेत छैन ।बृद्धबृद्धा वार्डमा १० जना बिरामी पनि चिकित्सक आउँलान र परीक्षण गर्लान भन्ने पर्खाईमा थिए । आक्कल झुक्क आउने मेडिकल अफिसर र आवासीय चिकित्सकको भरमा बिरामीलाई औषधि दिने गरेको डियूटिमा रहेका नर्सहरुले बताए ।

नर्सहरुले दिएको जानकारी अनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो । बिहान राउण्ड गरेपछि आज बिहानसम्म उहाँ नआउनु भएको उनीहरुको भनाई छ ।बिरामीका कुरुवा भन्दै थिए “कम्तीमा डाक्टरले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” त्यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको त्यसै हुने उनीहरुको बुझाई छ । शनिबार दिउँसो भर्ना भएका बिरामीले आज बिहानसम्म चिकित्सक भेट्न पाएका छैनन् । धेरै बिरामी रहने अस्पतालका २० क्याविन भरिभराउ छन् । मेडिकल वार्डका सबै बेडहरु बिरामीले भरिएका छन् ।

आफ्नो डियूटिमा नजानु भएका डा. तिवारीले भन्नुभयो “गल्ती भयो, अब म त्यस्तो गल्ती गर्दिन ।” यस अघि पनि समय समयमा तिवारी राउण्डमा नआउने गरेको नर्सहरुको गुनासो छ ।अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो “तालिका अनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारवाही हुन्छ ।”

भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ चितवनसहित २१ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । पछिल्ला दिनहरुमा अस्पताल सुधार उन्मुख भए पनि केही चिकित्सकका अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । रात्रीकालिन समयमा डियुटि पर्ने प्राविधिक कर्मचारीहरुले पनि आफ्नो पालोमा काम नगर्ने गरेको समय समयमा गुनासो आउने गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आएपछि अस्पताल प्रशासनसँग बुझेको बताउनुभयो । उहाँले आफ्नो कर्तव्य पूरा नगर्ने जुनसुकै चिकित्सक वा कर्मचारीलाई कारवाही गरिने बताउनुभयो । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासन मार्फत् कारवाहीका लागि सिफारिस गरिने बताउनुभयो ।६०० शैयाको भरतपुर अस्पतालमा दैनिक १५ सयभन्दा बढी बिरामी बहिरंग (ओपिडी) मा आउने गर्दछन् भने अस्पतालका शैयाहरु प्रायः भरिभराउ हुने गर्दछन् ।

कान्तिपुरहेल्थबाट

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.