• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवन सवारी दुर्घटनाको हब बन्दै: चालकको चरम लापरवाही, ट्राफिक प्रहरी मौन


चितवन । पूर्वी चितवनबाट सरकारी काम लिएर मोटसाइकलमा भरतपुरतिर आउनुभएका विकास श्रेष्ठ एयरपोर्ट अगाडि झण्डै म्याजिकमा ठोक्किनु भएन । आफ्नै साइडमा विस्तारै गतिमा हिंडीरहंदा पनि पछाडिबाट हुंइकिएर आएको म्याजिकले केही दुरीको फरकमै अगाडि झ्याप्पै रोक्यो र यात्रु चढाउन थाल्यो । चालकले अलिकति पनि ख्यालनै नगरी विना संकेत व्यस्त राजमार्गमा झ्याप्पै रोक्यो म्याजिकको पछाडि एक्कासी रोकिन बाध्य उहाँले चितवनको ट्राफिक व्यवस्थापनप्रति दिक्क मान्दै भन्नुभयो,“कसो मैले अकस्मात ब्रेक लाउन भ्याएंँ र जोगिएँ ।

नत्र के हालत हुन्थ्यो मेरो आज ।“ श्रेष्ठ सम्भावित दुर्घटनाबाट त जोगिनुभयो तर यात्रु झारेर म्याजिक नहिंड्दासम्म पनि उहाँ पर्खन वाध्य हुनुभयो । जसले ज्यान जोखिममा त पुर्यायो पुरयायो समय समेत बर्वाद गर्दियो । श्रेष्ठ ओभरटेक गरेर जान त खोज्नुभयो तर विपरीततर्फबाट आएका सवारी चापले चाहेरपनि रोकिएको म्याजिक अघि जान सक्नुभएन । पश्चिम चितवनका सागर पौडेलको पनि श्रेष्ठको भन्दा कम पीडा अनुभव छैन । मालपोतको काम लिएर आउनुभएको उहाँ अटोले गर्दा थप समस्या झेल्नु पर्यो ।

आफ्नै सुरमा बाटामै हिंडिरहंँदा अटो चालकले चालकले आउनुस म लान्छु भनेर तानेर हैरान पारे । यता अस्पताल अगाडि देखिने अटो र म्याजिकको लुछाचुडी उस्तै दिक्क लाग्दो छ । यस्ता घटना चितवनका मुख्य सडक र अन्य सडकमा दैनिक देखिने प्रतिनिधिमुलक घटना हुन् । एकातिर चालकनै दुर्घटना प्रति सचेत र जिम्मेबार देखिदैनन भने चितवनका मुख्य सडकमा कहाँ यात्रु चढाउने र कहाँ रोक्ने भन्ने एकिन ठाउँ व्यवस्थापन गर्न ट्राफिक प्रहरी चितवन असफल हुँदा दिनहुुँ दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

बढ्दो शहरीकरण संगै बृद्दि भएका सवारीको व्यवस्थापनमा सरोकार निकाएको ध्यान गएको देखिदैन नत सवारी दुर्घटना न्यूनिकरणका खासै योजना तथा कार्यक्रम छन । जसले गर्दा चालकको मनपरी र लापरबाहीले यात्रुहरु समस्यामा परिरहेका हुन् । जहां मन लाग्यो त्यहीँ रोक्ने र जहां मन लाग्यो त्यहीँबाट यात्रु चढाउने गतिविधिमा अटो र म्याजिक चालक बढी सक्रिय छन् । जसले गर्दा एकातिर चितवनमा दुर्घटना कम हुन सकेको छैन भने अर्कोतिर शहर भद्रगोल र अव्यस्थित देखिन्छ ।

ट्राफिक प्रहरीकै चेकिङ र जरिवानाले यसमा केही सुधार आएको दाबी गरेपनि अटो र म्याजिकतर्फ चितवन ट्राफिकले ध्यान यतातिर खासै देखिएको पाईंदैन । यो समस्या स्वयम् चितवन ट्राफिकका प्रमुख धर्म बहादुर अधिकारी पनि स्विकार्नु हुन्छ । उहाँले भन्नुभयो,“ यात्रु झार्ने र चढाउने ठाउँं नै उल्लेख गरिएको छैन । तर सडकको अवस्था हेरी सवारीमा बाधा नपुग्नेगरी पिक एण्ड ड्रप गर्नुहोस् भनेका छौं ।’ ठाउंँ अनुकुल हेरेर यात्रुहरु चढाउने आरोल्ने गर्नुपर्छ ।’ तर ट्राफिक चितवनले यो जानकारी दिएपनि चालकहरुको व्यवहारमा भने अझै परिवर्तन भएको छैन । त्यसरी मनपरि गर्नेलाई कारबाही गरेको पनि सुनिएको छैन ।

अझ जथाभावी पिकअप ड्रपगर्ने यस्ता चालकलाई एकहजार देखि पांँचहजार सम्म को जरिवाना हुने नियम छ । उहाँका अनुसार भरतपुरको रिङरोड सहित बजारक्षेत्रमा भीडभाड बढ्दै गएकाले अहिले ट्राफिक प्रहरीले ठेला तथा फुटपाथ व्यवस्थापनमा लागेको र सिमित जनशक्तिका कारण त्यसलाई न्यूनिकरण गर्न चुनौति भएको अधिकारीको भनाई छ । अवका दिनमा रिङरोडमा चल्ने साना सवारीको व्यवस्थापनलाई प्राथमिकता दिने अधिकारीले बताउनुभयो ।

पीक एण्ड ड्रप गर्दा जेब्रा क्रसिङमा रोक्ने सवारी चालकलाई भने कारबाही गरिएको तर जनशक्ति कम हुंदा केही समस्या भएको अधिकारीले बताउनुभयो । भएका जनशक्तिलाइ व्यवस्थित गरिएको र २४ सै घण्टा खटिएको उहाँको दाबी छ । दुइ वटा मोटरसाइकल र एउटा भ्यान सहित ट्राफिक व्यवस्थापनमा खटिएको उहाँको भनाइ छ । कालोपत्रे छाडेर मात्रै रोकेर यात्रु चढाउन र झार्न भनिरहेको उहाँको भनाइ छ । व्यवसायी, मजदुर,चालक सह–चालकहरुलाई पटक पटक सम्झाएको र प्रशिक्षण कार्यक्रम समेत गरिरहेको भन्दै अधिकारीले जनशक्ति अभावले पनि समस्या भएको र साना सवारी चाप बढी भएको े भन्दै व्यवस्थापनमा जुट्न सरकारवालालाइ आग्रह समेत गर्नुभयो ।

एउटा चोकमा २०/२५ वटा अटो , म्याजिक पर्खने र यात्रु तानातान गर्नुपर्ने अवस्थामा रहेकाले संख्या घटाउन जोरविजोर प्रणाली लगाउने देखि अन्य व्यवस्थापनका विषयमा सरोकारवालाहरुले पनि चासो दिनुपर्नेमा उहाँको जोड थियो । चांडै एउटा कार्यक्रम गरेर यो समस्याको समाधान गर्ने उहाँको भनाइ छ । पीडा भोगेका यात्रुहरुले भने कुनै दुर्घटना हुनुअघिनै यी समस्याको समाधान हुनुपर्ने भन्दै गुनासो गरेका छन । सांघुरो सडकमा समेत सवारीचाप र सम्भावित जोखिमलाई वेवास्ता गरी मानवीय तथा भौतिक क्षति गर्ने त्यस्ता चालकलाई कडा भन्दा कडा कारबाही गर्न समेत उनीहरुको आग्रह छ ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.