पाँचथर/आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ
श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ
तपाईको प्रतिक्रिया



