फेसबुकमा साथी बनाएर प्रेमको नाटक गरी २६ लाखभन्दा ठगी गर्ने गैडाकोटकी युवती पक्राउ
प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेम गैडाकोट नगरपालिका वडा नम्बर ११ की २६ बर्षीया सम्भावी पौडेल रहेकी छिन । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि चितवन प्रहरीले पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै भरतपुर महानगरपालिका वडा न १ का ५३ बर्षीय पुरुषबाट उनले २६ लाख ४५ हजार ७०० रूपैया लिएकी थिइन् ।
फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले ।
तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुष ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।
वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । ती युवतीले विभिन्न बहाना गर्दै घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।