सुनसरी / उत्तर–पूर्व भारतमा आतंक मच्चाइरहेको नैरोबी फ्लाइ नामक किराले नेपालमा पनि देखा परेकाे छ । यो किराले टोकेकाे ठाँउमा डढुवाजस्तो घाउ आउने गरेकाे छ ।
पोल्ने र दुख्ने यो घाउ लामो समयसम्म छालामा रहने र छालालाई नै बिगार्ने विशेषज्ञहरु बताउँछन् । बेलुका बत्तीमा झुम्मिने यो किराको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा गलाउन र सावधानी अपनाउन सुझाव दिएका छन् ।
अफ्रिकामा पाइने यो किराले भारतको पश्चिम बंगाल, सिक्किम लगायतका राज्यमा आतंक नै सृजना गरेको छ । नेपालको पनि तराई हुँदै पहाडसम्म यो किरा पुगिसकेको छ ।