चितवन : चितवनको नारायणगढबाट अजिरकाेट गाउँपालिकाकाे भच्चेक जाँदै गरेकाे बस दुर्घटना भएकाे छ । सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको हाे । ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी २० जना घाईते भएका छन् । पाँच जनाको चितवन र १५ जना घाईतेको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।