मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या, श्रीमान पक्राउ
मोरङ – मोरङमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिक रहेका छन् ।
आगो लगाएर ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शुक्रबार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो। त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका प्रहरीले जनाएको छ ।
खोजी गर्नेक्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।



