• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ४. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ५. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

जलाउँदै गरेको शव नियन्त्रण प्रकरण : ‘प्रेम छुटाउन कोठामा थुने, विष खाएर छटपटाउँदा पनि अस्पताल लगेनन्’


वीरगञ्ज : असार १५ गतेको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी ।

किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको सूचना प्रहरीसम्म आइपुगेको थियो । तर प्रहरीलाई मात्रै हैन, गाउँलेलाई समेत खबर नगरी परिवारले घाटमा लगेर शव जलाएका थिए । घटना शंकास्पद देखिएपछि नजिकैको प्रहरी चौकी महुवनबाटे तत्काल टोली खटियो ।

 

हतार हतार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीको टोली पनि मसानघाट पुग्यो । पौने ११ बजेतिर मसानघाट पुग्दा चितामा आगो दन्किरहेको थियो, मलामी गएका सबै प्रहरीलाई देखेर भागे ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार शवको घाँटी भन्दा माथि र खुट्टातिरको भाग जलिसकेको छ । ‘असार १५ गते दिनभरी जस्तै पानी परेको थियो, राति पनि आकाशमा बादल लागेको थियो’, उनले भने, ‘पानी परे पनि आगो ननिभोस भनी शव जलाउन चिनी हाल्ने, पेट्रोल छर्कने जस्ता उपाय अपनाइएको रहेछ ।’

 

प्रहरी टोलीलचितामा बल्दै गरेको दाउरा बासको सहायताले हटायो । जल्न बाँकी शव मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइयो । प्रहरीले शव लैजान प्रयोग गरिएका र मलामी गएका चढेका ना ४२ प ७६९७ र ना २१ प ६८७ नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घर परिवारका पुरुष सबै अहिलेसम्म वेपत्ता छन् । विश्रापुर छपकैयाबाट १८ वर्षीया युवतीसहित मृतक किशोरीका आमा ४० वर्षीया आशा देवी, ठूली आमा ५० वर्षीया उर्मिला देवीलाई असार १६ गते नै पक्राउ गरेको छ ।
उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतमा ज्यान मार्ने कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर छटपटिँदै थिइन्, परिवारले उपचारका लागि अस्पताल लगेनन

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक किशोरीको गाउँकै फरक धर्म मान्ने एउटा केटासँग प्रेम सम्बन्ध रहेको तथ्य खुलेको छ । केटाले मृतक किशोरीलाई मोबाइल उपहार दिएका थिए । त्यसैको माध्यमबाट उनीहरुबीच नियमित तर लुकिछिपी कुराकानी हुने गरेको थियो ।

किशोरीकी दिदीमार्फत अभिभावकले यसबारेमा जानकारी पाए, त्यसपछि मोबाइल खोस्नुको साथै उनीमाथि कुटपीट समेत भयो । ‘तँ कतै जान पाउँदिनस’ भनेर उनलाई घरमै थुनेर राखियो ।

घरबाट बाहिर जान बन्देजमा परेकी उनले परिवारका सदस्यकै मोबाइलबाट सुटुक्क कुराकानी गरेर घरको स्थिति बारे केटालाई बताइन् । ३/४ दिन अघि मात्रै केटा उनलाई भेट्न घर नजिकै आएका थिए । लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा उनीहरु समातिए ।

तर ती केटा आफू केटीको प्रेमीको साथी भएको र अवस्था बुझ्न आएको भनेर फुत्किए । किशोरीलाई घरपरिवारका सदस्यहरूले निर्घात कुटपिट गरे । घरबाट बाहिर आउन–जानमा झन कडाइ गरियो ।

मृतककी दिदीले प्रहरीमा दिएको बयान अनुसार घटनाको दिन असार १५ गते उनले आफ्नै पसलमा बिक्री गर्न राखिएको बिषादी खाएकी थिइन् । परिवारका सदस्यले विषादी खाएको जानकारी पाएका पनि थिए । तर उपचार गर्न लगेनन् ।

‘बहिनीले पानी खाएको खाएकै गरिरहेकी थिइ, उल्टी पनि भइरहेको थियो । विष खाइ भनेर बुवालाई खबर ग¥र्यौ’, प्रहरीको बयानमा मृतककी दिदीले भनिन्, ‘बुबाले कसैलाई नभन्नु म आउँदैछु भनेर भन्नुभयो । तर बुवा आइपुग्दा बहिनीको प्राण गइसकेको थियो ।’ उनका बयान अनुसार कोठामा थुनेर राखेका कारण ती किशोरीको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

त्यसपछि परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई मोटरसाईकलमा राखेर शवलाई ढोङ्गी खोलाको किनारस्थित मसानघाटमा लगेर जलाएका थिए ।

फरक समुदायको किशोरसँग प्रेम सम्बन्ध रहेको आधारमा किशोरीलाई पटक पटक निर्घात कुटपिट गर्नु, विष सेवन गरिसकेको थाहा हुँदा हुँदै अस्पताल नलगी घरमै थुनेर राख्नु, गुपचुप ढंगले शव जलाउनु लगायतका कारणले प्रहरीले घटना आत्महत्या नभएर हत्या नै भएको हुन सक्ने शंका गरेको छ । र गम्भीर ढंगले अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक उमेश बस्नेतले घटना शंकास्पद रहेको भन्दै भने, ‘विष खाएर आत्महत्या गरेकी हुन कि मारिएको हो अनुसन्धान हुँदैछ ।’

  • जलाउँदै गरेको शव
  • नियन्त्रण प्रकरण
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ४.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.