चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ ।नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ । यस कन्सल्टिङ सर्भिसेसबाट अष्ट्रेलिया पढ्न जान चाहने जो कोही नेपाली बिद्यार्थीहरुले सेवा लिन सक्ने मुख्य कार्यालयका निर्देशक ईश्वर कुइकेलले जानकारी दिए ।
यसको मुख्य कार्यालय अष्ट्रेलियाको ब्रिसवेनमा रहेको छ । हालसम्म काठमाण्डौ शाखाबाट मात्रै सेवा दिइरहेको नोभाको चितवन शाखा राजधानी बाहिरको पहिलो हो ।शाखामा दक्ष शिक्षकहरुबाट आईईएलटिएस र पिटिईका कक्षाहरु संचालन भइरहेका छन । सेवाबापत कम भन्दा कम शूल्क सेवाग्राहीबाट लिने निर्देशक कुइकेलले बताए ।शाखा उद्घाटनाको अवसरमा नोभाले बिद्यार्थीहरुका लागि सेमिनार पनि गर्दैछ ।