निरन्तर परेको झरीसंगै खसेको पहिरोका कारण मुग्लिन-आँबुखैरेनी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडक खण्डको ऎना पहरा झरना नजिकै र आँबुखैरेनी बसपार्क नजिकै पहिरो खसेको हो। पहिरोले बाटो दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिए। उनका अनुसार अहिले पहिरो पन्छाई बाटो सुचारु गराउने प्रयास भैरहेको छ।